भारतले सोध्यो– राष्ट्रपतिको भ्रमण किन रद्द?
केही दिनअघि कान्तिपुरसँगको भेटमा भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले भ्रमण रद्द गम्भीर विषय भए पनि दुई देशको सम्बन्ध बिग्रने डरले औपचारिक प्रतिक्रिया नदिएको बताएका थिए।
उहाँले राष्ट्रपतिको भ्रमण रद्द हुनुको कारणबारे जिज्ञासा राख्नु भो, मैले नेपालको आन्तरिक कारण भएको जानकारी गराएँ,’ भेटपछि थापाले कान्तिपुरसँग भने। थापाले तत्कालीन राजनीतिक अवस्थामा भ्रमण गर्नु उचित नभएको र राष्ट्रपतिले छिट्टै भारतको भ्रमण गर्ने बताए। ‘अहिले नेपालको राजनीतिक वातावरण सामान्य छ, त्यसैले राष्ट्रपतिले जुनसुकै बेला भारत भ्रमण गर्न सक्नुहुन्छ,’ उनले भने।
थापा र स्वराज भेटमा समसामयिक राजनीतिकबारे समेत छलफल भएको छ। यसअघि भारतले विशेष गरी मधेसवादी दलको मागका सम्बन्धमा कडा कुरा राख्ने गरेको भए पनि यसपटक त्यति जोडले नउठाएको स्रोतले बतायो। स्रोतका अनुसार यतिबेला भारत दुई देशको सम्बन्धलाई सामान्य अवस्थामा राख्न चाहन्छ। ‘मधेसका बारेमा वर्तमान सरकारको पोजिसन थाहा भइसकेको हुनाले पनि यसपटक भारतले राजनीतिक विषयलाई पहिलेजस्तो प्राथमिकताका साथ नउठाएको हुन सक्छ,’ स्रोतले भन्यो। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समयमा भारतले संविधानको पहिलो संशोधनको स्वागत गर्दै सीमांकनको विषय हल गर्न भनेको थियो।
थापाले मधेसवादी दलहरूको अधिकांश माग पूरा भइसकेको र सीमांकनको विषय पनि राजनीतिक सहमतिको आधारमा छिट्टै समाधान हुने बताए।
भारतले एकतर्फी रूपमा केही दिन पहिला सञ्चालन गरेको एकीकृत चेकिङ पोस्ट दुईपक्षीय वार्ताको एजेन्डा थियो। थापाले नेपालतर्फ काम नसकिएकाले अहिलेलाई त्यो सञ्चालन नगर्न स्वराजलाई आग्रह गरेका थिए। केही दिन अगाडि नेपालले भारतलाई यस सम्बन्धमा औपचारिक रूपमा पत्र नै लेखिसकेको छ।
त्यसैगरी थापा र स्वराज नेपाल–भारत जोइन्ट कमिसनको बैठक श्रावण अन्तिम साता गर्न सहमत भएका छन्। दुई वर्ष अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा झन्डै २३ वर्षपछि यसको बैठक बसेको थियो। अर्काे बैठक बसेर दुईपक्षीय विषयलाई अगाडि बढाउने महत्त्वपूर्ण सहमति भएको थापाले बताए।
यसअघि परराष्ट्रमन्त्री थापाले अब्वजभर रिसर्ज फाउन्डेसनले गरेको नेपाल–भारत सम्बन्ध विषयमा अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए। परराष्ट्रविद् र विश्लेषकहरू उपस्थित कार्यक्रममा थापाले नेपाल र भारतको सम्बन्ध विशेष रहेको र कुनै पनि देशसँग तुलना गर्न नमिल्ने बताएका थिए।
‘विगतमा केही असमझदारी देखिए पनि यतिबेला दुई देशको सम्बन्ध एकदमै सामान्य अवस्थामा फर्किसकेको छ,’ थापाले भने। उनले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि भारतले विशेष भूमिका खेल्न सक्नेसमेत बताए। उनले नेपालले आर्थिक विकासका दृष्टिले विश्वमा नै उदाउँदो भारत र चीनबाट फाइदा उठाउन चाहेको बताए।
उनले आगामी दुई महिनाभित्र १३ वटा दुईपक्षीय बैठक तय हुनुले पनि दुई देशबीचको सम्बन्ध सामान्य अवस्थामा फर्केको प्रमाण भएको बताए। ‘विगतमा के भयो, त्यो कुरालाई बिर्सेर अब हामीले दुई देशको सम्बन्धलाई सुमधुर राख्ने दिशातर्फ ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ,’ उनले भने।
त्यसैगरी इन्डियन प्रेस क्लबमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले कुनै पनि देशको संविधानमा सबैको शतप्रतिशत सहमति नहुने बताए। उनले नेपालको संविधान पूर्णत: प्रजातान्त्रिक माध्यमद्वारा जारी गरिएको समेत बताए।
नेपालमा भारतविरोधी भावना फैलिएको भन्ने पत्रकारको प्रश्नमा थापाले त्यस्तो नरहेको बताए। भारतीय पत्रकारहरूले मधेसवादी दलहरूको मागका सम्बन्धमा सोधेको प्रश्नमा उपप्रधानमन्त्री थापाले मधेसवादी दलहरूको सबै माग पूरा भइसकेको र सीमांकनको विषय पनि हल हुने क्रममा रहेको बताए।
नेपाल चीनतिर नजिकिएको सन्दर्भमा भारतीय पत्रकारहरूले राखेको प्रश्नमा उपप्रधानमन्त्री थापाले नेपालले कहिल्लै पनि एक मुलुकको विरुद्धमा अर्काे मुलुकको कार्ड नखेल्ने बताए। उनले नेपालले चीनसँग आर्थिक साझेदारी बढाउन चाहेको बताए। थापा तीनदिने भ्रमणका लागि शुक्रबार दिल्ली आएका हुन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...