के आँखा पनि अल्छी हुनसक्छ ?
| डा. आनन्द शर्मा, आँखा रोग बिशेषज्ञ |
आँखा पनि अल्छी हुन्छ भन्ने कुरा सुन्दा हामीमध्ये धेरै जनालाई अचम्म लाग्न सक्छ । मान्छे पो अल्छी हुन्छ, आँखा पनि कहिं अल्छी हुन्छ र ? हो आँखा पनि अल्छी हुन्छ । अल्छी आँखालाई चिकित्सा विज्ञानको भाषामा एम्बलोपिया भन्ने गरिन्छ । हाम्रो बोलीचालीको भाषामा अल्छी आँखालाई लेजी आई भनिन्छ । सामान्य रुपले बाहिरबाट हेर्दा अल्छी आँखा स्वस्थ आँखा झै देखिन्छ । तर यसको दृष्टि क्षमता सामान्य आँखा भन्दा कमजोर हुन्छ । अल्छी आँखा भएको व्यक्तिले मधुरो देख्छ । उनीहरूमा कहिलेकाहि डेढोपन पनि हुनसक्छ । सामान्यतयाः दृष्टि दोष भएको आँखाले चश्मा प्रयोग गरेपछि सामान्य व्यक्तिले भैmं स्पष्ट देख्नसक्छ । तर, अल्छी आँखा भएको व्यक्तिले चश्माको प्रयोग गर्नासाथ सामान्यले झैं देख्न सक्दैन । तसर्थ, अल्छी आँखाको पहिचान र उपचार कलिलो उमेरमा नै हुनु अत्यन्त जरुरी छ । त्यसैले बालबालिकाको सामान्य आँखा जाँच स्कूल भर्ना गर्नु अगावै गर्नु वेश हुन्छ ।

आँखाको दृष्टि क्षमताको विकास
अल्छी आँखा कसरी चिन्ने ?
कलिलो उमेरमा दृष्टिदोषको उचित उपचार नहुनु, एउटा आँखाको पावरभन्दा अर्को आँखाको पावर ज्यादै भिन्न हुनु, डेढोपनको पहिचान र समुचित उपचार नहुनु, भिटामिन ए को कमी तथा कर्नियाको संक्रमण हुनु, आँखाको चोटपटक तथा फूलो पर्नु , सही पावर अनुसारको चस्मा प्रयोग नगर्नु, उमेर अनुसारको चस्माको पावर समायोजन गर्न नसक्नु नै अल्छी आँखा हुनुका प्रमुख कारण हुन् । यी बाहेक जन्मजात मोतिविन्दुको शल्यक्रिया नहुनु र मोटो चश्मा नलगाउनु, परेली झर्ने समस्याको उपचार नगर्नु आदि कारण पनि छन् ।
सम्भव छ त उपचार ?
उपचार विधि
१) चश्मा लगाइ उपचार गर्ने विधि
२) आँखामा पट्टी लगाउने विधि
नजिकको बस्तु राम्रोसँग देख्ने र टाढाको वस्तु नदेख्ने केटाकेटीमा यो उपचार बढी प्रभावकारी हुन्छ । नजिक र टाढाको वस्तु स्पष्ट नदेख्ने भएका केटाकेटीमा तुलनात्मक रुपले यो उपचार कम प्रभावकारी हुन्छ । साथै जति कलिलो उमेरमा यो उपचार शुरु ग¥यो, यो त्यति नै बढी प्रभावकारी हुन्छ । यो उपचार ८–९ वर्षको उमेरसम्म जारी राख्नुपर्छ । प्रायजसो केटाकेटीको उमेर १० वर्ष नपुगेसम्म यो उपचार पद्दति प्रयोग गरिन्छ । वयस्क भएपछि अर्थात कलेज पढ्ने उमेरका विद्यार्थीमा यो उपचार प्रभावकारी हँुदैन । यो उपचार विधि शुरु गनुअघि अभिभावक र वालवालिकासँग यसको सकारात्मक पक्ष तथा कहिलेकाहिँ नकारात्मक पक्ष, जस्तैः पट्टीको एलर्जी एवं सम्भावित मनोवैज्ञानिक असरको बारेमा पनि छलफल गर्नु आवश्यक हुन्छ ।
३) डेढो आँखा सुधार गरी अल्छी आँखाको उपचार बिधि
अन्तमा, हरेक अभिभावकले आफ्ना वालवालिकाको स्वास्थ्य परीक्षणको सिलसिलामा आँखा पवनि परीक्षण गराउनु पर्छ । आफ्ना ससाना नानीहरुलाई स्कूल पठाउनु अगाडि उनीहरुको आँखाको जाँच गराउनु आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको आँखाको दृष्टिको समुचित विकास भएको छ वा छैन, चश्माको प्रयोग गर्नु पर्ने हो वा होइन भन्ने थाहा पाउन सकिन्छ । यस बाहेक स्कुलका शिक्षकहरुले पनि आफनो कक्षाका विद्यार्थीले सेतो बोर्ड वा कालो पाटीमा लेखेको विषयवस्तु पछाडिको बेन्चबाट देख्न सक्छन् या सक्दैनन्, नदेखेर साथीको हेरेर पो सार्ने गछनर्् कि ? आदि कुरामा ख्याल राख्नुपर्छ । आँखा कमजोर भएको शंका लागेमा सम्बन्धित अभिभावकलाई जानकारी दिई चिकित्सक कहाँ जँचाउने सल्लाह दिनुपर्छ । किनभने अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिका भविष्यमा रोज्नसक्ने कतिपय प्राबिधिक पेसा तथा विशेषज्ञता हासिल गर्नबाट बन्चित हुन सक्छन् । त्यसैले अल्छी आँखाको पहिचान र उपचार समयमै हुनु अति आवश्यक छ ।
सामान्यतया अंगूरको मूल्य सुन्दा अचम्म मान्नुपर्ने अवस्था हुँदैन। तर जापानमा पाइने एक गुच्छा अंगूरको मूल्य सुन्दा अचम्म लाग्छ नै। यसको मूल्य ८ हजार २ सय अमेरिकन डलर अर्थात् ८ लाख २० हजार रुपैयाँभन्दा बढी पर्छ। अंगूरको एकदानाको नै ३१५ अमेरिकन डलर आर्थात् ३१ हजार ५ सय पर्छ। यसले सबैभन्दा महंगो अंगूर भनेर रेकर्ड नै राखेको छ।
रेकर्ड राख्ने २६ वटा दाना भएको यो अंगूरको गुच्छाको नाम ‘रुबी रोमन’ हो। यो सालको पहिलो लिलामीमा अहिलेसम्मकै महंगो मूल्यमा विक्री गरिएर यसले आफ्नो पुरानो रेकर्ड तोडेको हो। लोकल वोर्ड अफ एग्रीकल्चरका अनुसार हरेक अंगूरको दानाको तौल कम्तीमा पनि २० ग्राम रहेको छ।महंगा फलफुलका लागि जापान प्रख्यात मानिन्छ। जापानमा मानिसहरु यस्ता महंगा फलफुलहरु उपहारमा दिइन्छ। विभिन्न अनलाइनबाट ।
बदलिँदो जीवनशैलीसँगै हाम्रो खानपान पनि परवर्तन हुँदैंछ । खानाको टेबलदेखि फास्टफुडसम्म सबैमा नुनै–नुन अत्यधिक पाइन्छ । यसकारण चर्को नुन खाने बानी हुन्छ मानिसहरुमा । तर, चर्को नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । लामो र स्वस्थ जीवनका लागि नुनको कम सेवन नै उपयुक्त हुन्छ । किन चाहिन्छ नुन हामीलाई ? खानालाई अवशोषित गर्न नुनको आवश्यकता हुन्छ । नुनले मष्तिष्कको कोशिकाबाट एसिडिटीलाई बाहिर निकाल्छ । नुनविना मिर्गौलाले पनि ठीकसंग काम गर्न सक्दैन । नुनले तनाव र भावनात्मक समस्यामा पनि राहत दिन्छ । यसले ब्लड सुगको स्तरलाई कम गर्छ र डाइबिटिजबाट पीडित मानिसहरुलाई इन्सुलिनको आवश्यकता पनि कम पर्छ । साथै मांसपेशीलाई सुचारु गर्न पनि नुनको अहम् भूमिका हुन्छ । रक्तचापमा फाइदा बेलायती पत्रिका डेली मेलमा प्रकाशित एक अनुसन्धानअनुसार रक्तचापको मामलामा नुनको भूमिका त्यति नोक्सानदायक हुँदैंन, जति हामी सोच्छौं । ८ हजार फ्रेन्चमा गरिएको एक अध्ययनका क्रममा उच्च रक्तचापका बिरामीको उमेर, रक्सी सेवनको दर, बडी मास इन्डेक्सलगायत स्तरमा अध्ययन गरिएको थियो । त्यसैअनुसार रक्तचापमा नुनको भूमिका नोक्सानदायी नभएको निष्कर्ष निकालिएको हो । आयोडिनको भरपूर मात्रा बढी नुनले असर गर्छ भने खानै छाड्नैचाहिँ गर्नुहुन्न । कस्तो नुन खाइएको छ भनेर पनि ध्यान दिनुपर्छ । डाक्टरहरुका अनुसार नुन आयोडिनयुक्त हुनु आवश्यक छ । आयोडिनको कमीले कण्ठरोग लाग्ने सम्भावना हुन्छ । आयोडिन बढी पाइन्छ भनेर नुन बढी पनि खानुहुन्न । आयोडिन आलू तथा हरिया सागसब्जीमा पनि पाइन्छ । हृदयाघातबाट बचाउँछ एक अध्ययनका क्रममा कम नुन खाने व्यक्तिमा बढी नुन खाने व्यक्तिको तुलनामा हृदयाघातको खतरा बढी रहेको पाइएको थियो । यो अध्ययन अमेरिकाको अमेरिकन अफ जनरल एशोसियसनले गरेको थियो । अकाल मृत्युलाई कम गर्न आजकाल बजारमा पाइने जंकफुडमा नुनको मात्रा बढी पाइन्छ । यस्ता खानाले स्ट्रोकको गम्भीर खतरा बढाउन सक्छ । विश्वमा बर्सेनि लाखौं मानिस हृदयरोग एवं स्ट्रोकका कारण मर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक भोजमा नुन समावेश गर्ने हो भने विश्वमा हरेक वर्ष हुने २५ लाख अकाल मृत्युलाई कम गर्न सकिन्छ । कति सेवन गर्ने नुन बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ । कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ । यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ । डब्लुएचओका अनुसार उच्च रक्तचापको शिकार भएका मानिसहरुले दैनिक बढीमा ३ चम्चाभन्दा बढी नुन खानु हुन्न ।
शरिरलाइ सधैं स्वास्थ्य बनाईराख्नका लागी हरियो साग सब्जिहरू निकै लाभकारी हुनेगर्दछ । रोगहरूसंग लडनका लागी शरिरलाइ यस्ता कुराहरूमा निकै प्रतिरोधक क्षमता हुने गर्दछ । हरियो सब्जिहरूमा यदि लौकाको कुरा गर्ने हो भने यसको बोक्रा तथा रस निकै लाभकारी हुन्छ । कार्बोहाइड्रेट भएका कारण यो सजिलै पच्दछ ।
लौकाको जुस र तरकारी मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ ।लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । पिसाबसम्बन्धी समस्या , उच्च रक्तचाप,मानसिक तनाव, पाइल्स, जण्डिस र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।
मुटुको रोग :-
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०-२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।
पिलो :-
पिलो भएको व्यक्तिले दैनिक १५-३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २-३ पटक पिउनाले फाइदा गर्दछ ।
मुत्र नलीको जलन :-
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ ।
अनिन्द्रा :-
लौकाको रसमा थोरै तिलको तेल मिलाउने । सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने । केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ ।
रक्तश्राप :-
रक्तश्रापमा पनि लौका लाभदायक छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट िबााध्ने । यसले बगेको रगत रोकिन्छ । यसका साथै लौकाको रस पनि पिउने ।
बदाम सबैलाई मनपर्ने ड्राइफुड हो । यो बदाम स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ । अमेरिकाको न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार दैनिक एक मुठ्ठी बदाम खाने मानिसहरुको आयु नखानेहरुको तुलनामा लामो हुन्छ ।
ब्रिघामको डाना फार्बर क्यान्सर इन्सिच्युट, वुमन्स हस्पिटल र हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका बैज्ञानिकहरु ३० वर्षमा १ लाख २० हजार मानिसहरुमा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्षमा पुगेका हुन् ।
अध्ययनमा दैनिक रुपमा बदाम खानेहरु नखानेहरुको तुलनामा बढी स्लीम भएको पाइएका थिए । यद्यपि अहिलेसम्म बदाम खानाले तौल बढ्छ भन्ने विश्वास गरिन्छ, यसलाई अनुसन्धानकर्ताहरुले गलत ठह¥याएका छन् ।स्वास्थ्य खबरबाट
सानोतिनो रोगब्याधिले सताउने बित्तिकै पनि हामी अस्पतालको दैलो ढकढक्याउछौँ । कागजभरी लेखिएको औषधिको लिस्ट निम्ट्याइसकेपनि कहिलेकाहिँ उपलब्धि हात लाग्दैन । केरा त्यस्तो फल हो, जसले औषधिको समेत काम गरिरहेको हुन्छ । किन खाने त केरा ?
तनाव हटाउन
अहिले तनाव मानव जीवनको एउटा हिस्सा नै भइसकेको छ । मानसिक रुपमा विचलित भइरहेको समयमा सेरोटिन नामक तत्वको कमी हुन्छ । केरामा ट्रिप्टोफेन अधिक मात्रामा पाइन्छ, जुन सेरोटिनमा बदलिएर दिमागलाई फ्रेस र एकाग्र बनाउन मद्दत गर्छ ।
कब्जियतको उपचार
कब्जियतको उपचार धेरै तरिकाले गरिन्छ, तरपनि कहिलेकाहिँ ती तरिकाले धोका दिन सक्छन् । केरा यस्तो चिज हो जुन सहज र भरपर्दाे उपचारको तरिका हो । केरामा फाइबर पाइन्छ, जसले पाचन प्रक्रिया मजबुत बनाउँछ । ग्याँष्ट्रिकका बिरामीका लागि पनि केरा प्रभावशाली मानिन्छ ।
एसिडिटी घटाउन
एसिडिटीका कारण धेरै औषधिको सेवन गर्ने गरेको पाइन्छ । तर, केरा खाएर त्यो समस्या समाधान गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई हुँदैन । एसिडिटीबाट जोगाउने धेरै तत्व केरामा हुन्छ र अल्सरबाट समेत जाृगिन केराको सेवन नियमित गर्न जरुरी हुन्छ ।
रक्तचाप नियन्त्रण
रक्तचाप अहिले धेरैले झेलिरहेको समस्या मध्यको एक हो । केरामा पोटासियमको मात्रा धेरै हुन्छ र सोडियमको मात्रा थोरै हुन्छ । जसका कारणले केराले रक्तचाप नियन्त्रण गर्न सक्छ ।
कमजोरीलाई ऊर्जा
कमजोरीका कारण औषधि खाने धेरै हुन्छन् । तर, केरा खाएर ऊर्जावान हुने बाटो कमैले रोज्छन् । केरा ऊर्जाको त्यस्तो स्रोत हो, जसमा औसत १ सय ५ क्यालोरीको मात्रा हुन्छ । ब्यायाम गर्नेबित्तिकै केरा खाने हो भाने शरीरमा ग्लुकोजमा मात्रा बढाएर ऊर्जा प्रदान गर्छ ।
अनुहार चम्काउन
अनुहारको छालामा आउने समस्याबाट मुक्ति पाउन सजिलो छैन । तर, केराको नियमित सेवनले अनुहारमा आभा ल्याउन सक्छ । किनभने यसमा छाला चम्काउने एक प्रकारको तत्व हुन्छ ।
One leafy vegetable that can f!ght cancer and 50 other disease
Leafy vegetables are considered to very healthy. Today we are going to talk about Amaranthus and some of it’s benefits.
Lessens swelling:
Oil and petite of Amaranthus has anti inflammatory properties which helps to lessen swelling and pain. It is very beneficial for cases swelling is affecting daily life style.
Boils and acne:
Applying a poultice made up of Amaranthus leaves help to heal boils and acne faster. A paste also can be applied to control swelling.
Promotes weight loss:
It decreases the level of insulin in blood protein and increases hormone and makes people feel less hungry. Almost % of it has protein which helps in weight loss.
Decreases blood pressure:
According to studies fibers and fito nutrients in it helps to decrease blood pressure. So, it is a very effective way to fight cholesterol, swelling, blood pressure and keeps heart healthy.
Burning urination:
In case of burning urination, a person can drink juice of this leafy vegetable and the burning sensation will be cured soon.
Urine hemorrhoids:
Urine hemorrhoids or bleeding while urination can be cured by drinking juice of this leafy vegetable with rock sugar regularly for 3 days.
To make immune system stronger:
There is another health benefit of it. Vitamins, minerals and powerful anti oxidants found in it helps to make immune system stronger. So, if your immune system is weak, try eating this vegetable.
To enhance bre@$t size:
For those women who want to enhance their breast size, they can eat this leafy vegetable with lentils for 40 days. Roots should not be thrown away, they should be eaten too.
Energy booster:
Some fruits and vegetables have less amino acid as required. But, this leafy vegetable has high lisin content so it is very important to absorb calcium in body. So, it very also very good for production of muscles and energy.
Prevent hair loss and grey hair:
This leafy vegetables will help you if your hair is getting grey with out time. It is very effective for controlling grey hair. You can get rid off this problem by incorporating it in your diet.
Stone:
According to reports, stone weaken when Amaranthus is consumed every day for 40 days.
श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ । युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन् । श्वास गन्हाउने अनेक कारण छन् । ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तीमध्ये श्वास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ ।
खाना– यो सबैलाई अवगत नै छ कि प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।
सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि श्वास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन् । गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।
मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रुपमा दाँत माझ्दैन, विशेष गरी दुई दाँत बिचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा श्वास गन्हाउने समस्या बढी हुन्छ ।
अन्य रोगहरु– पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।
मुख सुक्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थिबाट र्यालको मात्रामा कमी भएपछी मुख सुक्खा गर्छ । यस्तो अवस्थामा छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथसाथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।
गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।
यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?
दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ । रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।
दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।
तसर्थ, मुख, श्वास गन्हाउने अवस्था आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला । यसबाट आउन सक्ने थप समस्याहरु बाट पनि बच्नुहोला । सुन्नमा सानो सामान्य लागेपनि यसले भबिष्यमा जटिल समस्याहरु निम्त्याउन सक्छ । त्यसैले मुख स्वास्थ्यलाई आफ्नो शरिरको अन्य भागजस्तै ख्याल गर्नु आवश्यक छ ।
