३०|
नेपाली काँग्रेसका केन्द्रिय नेता चन्द्र भण्डारी राष्ट्रिय फुटबल खेलाडी बिमल घर्ती मगरलाई नवलपरासीमा आइतबार सम्मान गर्दै ।
भर्खरै बहिनी गुमाएका विमल आमासँग नवलपरासी स्थित घरमै बस्दै आएका छन् । उनकी बहिनी मनिषाको मृत्यु घटनाको अनुसन्धान अझै जारी छ । दैनिक नेपालबाट
झापा, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा कार्यरत चिकित्सकले कमिशनको लोभमा विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको र सरकारी चिकित्सक निजी क्लिनिक तथा हस्पिटलमा गएर काम गरिरहेको विषयमा छानविन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार राति नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ लाइभ कार्यक्रममा त्यस सम्बन्धी विभिन्न क्षेत्रबाट गरिएको प्रश्नको जवाफ दिँदै त्यस्तो निर्देशन दिएका हुन् ।
झापाका विभिन्न क्लिनिक र हस्पिटलमा कार्यरत चिकित्सकले कमिशनको लागि विरामीलाई जालझेल गरेर पैसा कमाउने मात्र सोच राखेको भन्ने विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रम ओलीले जनताको सेवालाई उच्च प्राथमिकता दिन त्यस्ता चिकित्सकलाई भनेका छन् ।
रगत जाँच लगायत विभिन्न प्रकारको स्वास्थ्य परीक्षणका लागि झापाका चिकित्सकलाई भारतीय हस्पिटलले मोटो रकम कमिशन दिने भएकाले उनीहरुले विरामीलाई सोझै भारतमा रेफर गर्ने गरेको, उपचारका नाममा बर्षेनि मेची अञ्चलबाट करोडौं रुपैयाँ भारततर्फ गइरहेको, चिकित्सक सेवाभन्दा पनि कमाउने धन्दामा अग्रसर भएको भनी विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष गुनासो पोखिएको थियो ।
त्यस विषयमा आफू गम्भीर भएको भन्दै प्रम ओलीले तत्काल छानविन गर्न लगाउने बताए । उनले अनुमानका भरमा विरामीलाई भारत रेफर नगर्न र पैसाका लागि जालझेल नगर्न चिकित्सकलाई सुझाएका छन् ।
उक्त कार्यक्रम मार्फत झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलको समेत ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य क्षेत्रमा बढेको त्यस्तो विकृतिको तत्काल छानविन गरेर आवश्यक कार्वाही अघि बढाउन कार्यक्रममार्फत प्रजिअ भुजेललाई भनिएको छ ।
कानुन विपरीत झापामा सरकारी चिकित्सक निजी क्लिनिक र हस्पिटलमा कार्यरत रहेको, कमिशनका लागि रगत परीक्षणदेखि एमआरआईसम्मका सबै परीक्षण गर्न झापाका चिकित्सकले भारतका शिलगढीका हस्पिटलमा रेफर गर्ने गरेको, एम्बुलेन्सले पनि हस्पिटलबाट कमिशन लिने गरेको, झापाका निजी क्लिनिकहरु मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेको घटना विभिन्न सञ्चारमाध्यमले सार्वजनिक समेत गरेका छन् ।
त्यस्तै सचेत नागरिक समूह झापा नामको संस्थाले पनि स्वास्थ्य क्षेत्रका त्यस्ता विकृति बारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको समाचार सार्वजनिक भइसकेको छ ।
dainiknepal
हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः
– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
– टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।
– टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
– टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् ।
– टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।
– वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस् । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ ।
– अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ । एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ ।
प्रियंका कार्की पनि अमेरिका जाने
वाशिंगटन डिसी । अभिनेत्री प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् ।
यिका कार्की आगामी जुलाई २ देखि ४ सम्म हुन् गइ रहेको प्रथम नेप्लीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।
नेप्लीज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की जुन महिनाको अन्त्यमा आउने भएकी छिन् । प्रियंकाले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् ।
कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् ।
यसको अतिरिक्त उनले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् ।
फेशन सो (भेषभूषा) प्रदर्शनमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की, रीमा कटवाल, सब्बु घले, लक्ष्मी ढकाल, निशा शिवाकोटी, आरती महर्जन, रुबी अधिकारी, रविना बस्नेत तथा सम्पदा रिजाल रहेका छन् ।
उक्त फेसन प्रदर्शन जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार, भेषभुषा रुपकार (फेसन डि जाइनर) बिना घले तथा विश्व गौतम रहेका थिए ।
नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए ।
काठमाडौं, ३० जेठ । पूर्व सभासद शान्ता चौधरीले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आत्मसमर्पणवाद त्याग्न सुझाव दिएकी छिन् ।
भट्टराईले आज घोषणा गरेको नयाँ पार्टीलाई शुभकामना दिँदै शान्ताले आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सके मात्र बाबुराम र नयाँ शक्तिको हुने भनेकी छिन् ।
बहुदलीय व्यवस्थामा नयां पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन भन्दै शान्ताले तर अहिले नयां पार्टीको वस्तुगत आवश्यक्ता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो भनेकी छिन् ।
यस्तो छ शान्ताको सुझावः
कुनै जमानमा यो देशले बहुप्रतिक्षा गरेको, देशको कायापलट गर्ने सपना बाड्दै १० वर्षे हिंसात्मक युद्वको नेतृत्व गरेका अनि शान्तिपूर्ण राजनीतिमा आएपछि प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको नेतृत्वमा आज नयाँ पार्टीको घोषणा गरिएको छ । बहुदलीय व्यवस्थामा नयां पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन तर अहिले नयां पार्टीको वस्तुगत आवश्यक्ता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो । नयां पार्टी खोल्दैमा देशका तमाम समस्या समाधान हुन्छन भन्नु फेरी एक भ्रम सिवाय केहि होइन । बाबुरामजी इतिहासको अग्निपरीक्षमा परिक्षण भइसकेको व्यक्ति हो । उहांका विषयमा उहांको पूर्ववर्त पार्टी र बाहिर जनताका विचमा पनि सम्भवत अव कुनै भ्रम बांकी छैन । हो म मा तपाईको जस्तो डिग्रीको सटिफिकेट छैन, कक्षा नौ मा पढदैछु र पनि राष्ट्र र राष्टियता अनि सबैखाले अतिवादविरुद्वमा शिरमा कफन बाधेरै, भयानक बजोखिम मोलेरै उभिएकै छु । किनपनि भने मलाई देशका जनता र राष्ट्रियता भन्दा ठूलो कुनै वाह्य शक्तिकेन्द्र हुन भन्ने भ्रम जति नै अनपढ भएपनि छैन र नागरिक आवाजमा म भरपूर विश्वास गर्छु । पढाइको दम्भलाई तपाईले कति ठाउंमा कतिपय व्यक्तिका सन्र्दभमा अति भद्दा रुपमा प्रस्तुत गर्ने गर्नुभएको छ जुन विद्वताको सरासर दुरपयोग हो भन्ने लाग्छ । तपाईका विषयमा सबैभन्दा पेचिलो प्रश्न हो राष्ट्रियता सम्बन्धि तपाईको अडानको प्रश्न । यो प्रश्नमा पुनर्विचार गरेर आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सक्ुनभो भने तपाईको अनि तपाईको दलको भलो हुनेछ ।
dainiknepal
काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा अभिनेत्री समेत रहेकी करिश्मा मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीका विषयमा अन्टसन्ट बोलेपछि दशरथ रङ्गशाला एकछिन् तात्तिएको छ ।
उद्घोषक करिश्माले प्रदीप गिरीको नाम शुद्धसँग उच्चारण गर्न नजानेपछि प्रदीपले मञ्चबाटै करिश्मालाई ‘उद्घोषक सुन्दरी’को संज्ञा दिएका थिए । प्रदीप गिरीले अगाडि भने, ‘उद्घोषक सुन्दरीले भने जस्तो म भट्टराई वा डाक्टर कोही पनि होइन । मेरो परिचय यत्ति नै हो ।’
करिश्मा मानन्धरले उद्घोषणका क्रममा नाम चलेका शीर्ष नेताहरुको नामै राम्रोसँग उच्चारण गर्न सकेकी थिइनन् । प्रदीप गिरीले आलोचना गरेपछि करिश्माले भनिन्, ‘म अलि छिटो बोल्ने गरेकी छु, त्यही भएर गल्ती हुने गरेको छ । अबदेखि म सुध्रिने प्रयास गर्ने छु, सर ।’
उद्घोषणका क्रममा करिश्माले धेरै नै बिगारेपछि पाशाङ शेर्पा आएर केही सुधारको प्रयास गरेका थिए ।
यतिसम्मकी करिश्माले उद्घोषका क्रममा प्रधानमन्त्रीलाई ‘केपीजी’ साढे तीन बजे आउँदै हुनुहुन्छ भनेर सभालाई जानकारी दिएकी थिइन् । तर, उनले मुलुकको प्रधानमन्त्रीको पूरा नाम लिने हिम्मत गरिनन् ।
कार्यक्रम विगार्दै गएकी करिश्माले शेरबहादुर देउवाका विषयमा पनि अन्टसन्ट बोलेकी थिइन । करिश्माले भनिन्, ‘शेरबहादुर दाईसँग पनि राम्रो छ । आरजु भाउजुसँग पनि राम्रो छ ।
रातो साडीमा रहेकी करिश्माको यस्तो कार्यको सबैले अलोचना गरेका छन् । प्रधानमन्त्रीको नाम सम्मानका साथ लिन नसक्नेले कसरी राजनीति गर्ने हो भनेर टिकाटिप्पणी गरेका छन् ।
नयाँ शक्ति नेपालको घोषणा सभामा गायक रामकृष्ण ढकालले गीत गाएर मनोरञ्जन दिएका छन् । उनी घोषणा सभामा पैसा लिएर गाएका हुन् वा नयाँ शक्तिको सदस्य भएर गाएका हुन् त्यसबारेमा भने करिश्माले केही बताइनन् । दैनिक नेपालबाट
जेठ ३० |
-गीता भण्डारी, नर्स, अन्तराष्ट्रिय बालमैत्री अस्पताल
काठमाडौं- नर्सिङ पेसाप्रति मेरो आकर्षण सानैदेखि थियो । बिरामीको सेवा गर्ने भित्रि रहर पुरा गर्न नै नर्सिङ पढेको हुँ । मेरो दिदी पनि नर्स हुनुहुन्थ्यो । उहाँले नेपालमा नर्सलाई राम्रो अवसर छैन नपढ भन्नुभएको थियो । तर मैले मानिन । नेपालमा अस्पतालहरु चोकचोकमा गल्लीगल्लीमा खुलेका छन् । तर, त्यहाँ दक्ष र सिप भएका नर्सलाई जागिर भने छैन । अस्पताल प्रशासनले नर्सलाई दरबन्दीमा राख्नुपर्ने भए पनि दरबन्दीको ठाँउमा सित्तैमा काम गराउन भोलुन्टर नर्सहरु राख्ने चलन रहेछ । मेरो दिदीले यो समस्यालाई राम्ररी बुझेकाले मलाई नपढ्न सुझाउनु भएको रहेछ । त्यो कुरा अहिले आएर मैले बुझिरहेको छु ।
वास्तवमै यहाँ दक्ष नर्सको योग्यता र क्षमताको उचित कदर नै छैन । जताततै अस्पतालहरु छन् । अस्पतालको संख्या हेर्दा लाग्छ सबै नर्सहरुले जागिर पाइरहेका छन् । र, नर्स पढ्ने वित्तिकै सहजै जागिर पाइहालिन्छ । तर, त्यो सबै भ्रम हुन् । यहाँका अस्पतालहरु भोलुन्टरका रुपमा काम गरिरहेका सयौँ नर्सहरुको निःशुल्क सेवाका कारण चलिरहेका छन् । अस्पताल शैयाका आधारमा अनिवार्य रुपमा अस्पताल प्रशासनले नर्सहरुलाई दरबन्दीमा जागिर दिनुपर्ने हो । नर्सकै सेवाका कारण चलेका अस्पतालले नर्सिङ पेशाको सम्मान गर्नुपर्ने हो । विडम्बना यहाँ त्यस्तो छैन ।
शुरुमा भोलुन्टर काम गर अनि जागिर दिन्छु भन्छन् । ६ महिनाजति काम गरेपछि उसको स्थानमा फेरी नयाँ नर्सलाई त्यही आश्वासन दिएर ल्याइन्छ । एउटा अस्पतालमा ६ महिनाभन्दा बढी भोलुन्टरका रुपमा पसिना बगाएकी नर्सले फेरी अर्को अस्पतालमा पुन भोलुन्टरका रुपमा काममा लगाइन्छ । त्यसपछि कति नर्स फ्रस्टेसनमा जान्छन् । कति बिदेशिन्छन् ।
मुस्किलले जागिर पाइहाले पनि तलब सुविधा निकै कम हुन्छ । शुरुमा तोकिएको तलबमा पनि सार्वजनिक विदा, साप्ताहिक विदाको पैसा काटेर दिन्छन् । दिनरात बिरामीको सेवामा हँसिलो अनुहारमा सेवा गर्ने नर्सहरुको भित्र भने निकै पिडा हुन्छ । र पनि अस्पतालको प्रतिष्ठानमा र नर्सिङ पेशामा कुनै औँला उठाउने ठाँउ नहोस भनेर नर्सहरुले मुस्कानसहितको सेवा दिइरहेका हुन्छन् ।
सिनियर मोवाइलमा व्यस्त, भोलुन्टरलाई काम
अस्पतालमा दरबन्दीमा काम गरिरहेका सिनियर नर्सहरुले पनि भोलुन्टरलाई राम्रो सहयोग गर्दैनन् । सबै सिनियर नर्स दिदीहरुमा यस्तो समस्या छैन । तर, मेरा साथीहरु तथा भोलुन्टरका रुपमा काम गर्दा मैले भोगेको समस्या हेर्दा भर्खरै अस्पतालमा छिरेकी भोलुन्टर नर्सलाई सिनियरले सबै काम गर्न लगाउँछन् । उनीहरु भने मोवाइलमा वा अन्यत्र कतै व्यस्त हुन्छन् । नयाँ आउने जुनियरहरुलाई आफ्नो डिउटीसँगै गरेर सहयोग गर्दै सिकाउनुपर्नेमा दोहोरो जिम्मेवारी सुम्पेर हिँड्छन् । एकातिर पैसा पनि नहुने अनि अर्कोतिर दोहोरो डिउटी गर्नुपर्ने बाध्यतामा हुन्छन् जुनियर नर्सहरु ।
सिनियर नर्सहरु नयाँलाई कार्यभार थपेर डिउटी समयभन्दा पनि अगाडी समेत हिँड्छन् । अस्पतालनै अस्पतालको भिडमा समेत नर्सले काम पाउन नसकिरहेको अवस्थामा स्वयम यही पेशाका केही सिनियरहरुले समेत सहयोग नगर्दा नयाँ आउने नर्सहरु बढी मारमा पर्ने गरका छन् । त्यसरकाण सिनियरले जुनियरलाई माया गर्दै नर्सहरुको हकहितका लागि आवाज बुलन्द पार्नुपर्छ । भोलुन्टर तथा अन्य विभिन्न नाममा खोसिएका नर्सका अधिकारलाई हासिल गर्नैपर्छ । होइन भने हामी सँधै यति धेरै अस्पताल छन् तर खै नर्सलाई जागिर मात्र भन्दै हिँडिरहेका हुनेछौँ ।स्वास्थ्य खबरपत्रिकाबाट
जेठ ३०
काठमाडौं– नयाँ शक्ति नेपालको पार्टी घोषणा सभाको दोस्रो चरणको कार्यक्रम सञ्चालन अभिनेत्री तथा नयाँ शक्ति नेपालकी सचिवालय सदस्य करिष्मा मानन्धरले गरेकी छन् ।
पहिलो चरणको कार्यक्रम पासाङ शेर्पाले सञ्चालन गरेपछि दोस्रो चरणको कार्यक्रम सञ्चालनको जिम्मा मानन्धरलाई दिइएको थियो ।
मानन्धर कार्यक्रम सञ्चालनको लागि मञ्चमा पुगेलगत्तै दशरथ रंगशालाको माहोल तातिएको थियो ।उनी मञ्चमा पुग्दा कार्यकर्ता तथा शुभेच्छुकहरुले उनको पक्षमा हुटिङ समेत गरेका थिए ।
उनले कार्यक्रम समेत आकर्षक रुपमा सञ्चालन गरेकी छन् ।
ratopati
मानिसलाई स्वस्थ रहनका लागि दैनिक कम्तिमा पनि ७/८ गिलास पानी खानै पर्छ । सबैभन्दा धेरै रोग पानीकै कारण निम्तिन्छन् भने धेरै रोगबाट बच्ने औषधि पनि पानी नै हो । परपूर्वकाल देखि घरेलु भंडाकुँडाको रूपमा प्रयोग गरीदै आईएको तमाका भाड़ाहरु उपयोग गर्दा स्वस्थ्य मा राम्रो असरपर्ने तथ्य त सुन्दै आएका थियौ तर यो परंपरागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउदै गएको छ। तामाको भाँडोमा राखिएको पानी पिउनाले शरिरको कयौ रोगहरू बिना औषधी नै ठिक हुन्छ । यस्ता छन् तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा :
* छाला स्वस्थ र सुन्दर बनाउछ :
यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
* जोर्नी दुख्ने समस्या बाट छुट्कारा :
जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
* मुटुको सुरक्षा गर्छ :
ब्लड प्रेसरको स्तर सही राख्नुका साथै कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । हृदयाघातको खतराबाट बच्न तामाको भाँडामा राखिएको पानी पिउनु उत्तम मानिन्छ।
* पेट सम्बन्धि टोग बाट छुट्कारा :
पेट तथा उदर रोग मा पनि विशेष फाईदा पुग्दैछ। पेटका कृमी हरु नाश गर्दछ। अपच, अजीर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमां पनि बिशेष फायदा पुर्याउँछ।
* मुटुको रोगमा कमि :
तनावका कारण मानिसमा मुटुको समस्या निकै तिव्र रूपले बढ्दै गएको छ । तनावमा धेरै रहने मानिसले पनि तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरिरमा रक्तसञ्चार निकै सहज र सुचारू हुन्छ । यसले कोलस्टेरोललाई नियन्त्रित गर्छ र मुटुको रोगलाई कम गर्न मद्धत गर्छ ।
* थाइराइडको रोगको नियन्त्रण :
थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
____________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –
१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।
७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.
८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।
९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।
– नेपालपाटी
–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।
–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।
facial
–दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
–घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
–बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
–आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।
–आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
–बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
–पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
–प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।
–तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
–हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ ।
–केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
–गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
–गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।\
–घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
–खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
–काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
—एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ । -स्वास्थ्य खबरपत्रिका
