-->
घरमा राख्नुस् यी चार वस्तु, जसले सधै सफलता मिल्नेछ
Advertisement

घरमा राख्नुस् यी चार वस्तु, जसले सधै सफलता मिल्नेछ
एजेन्सी । कहिले काँही यस्तो पनि हुन्छ कि एकदमै मेहनत गर्दा पनि सफलता हात पार्न सकिदैन् । जति मेहनत गरेपनि सफलता हातै लाग्दैन् । हामीबाट सफलता टाढा भाग्छ ।
तर, घरमा यी चार वस्तु छ भने तपाईको दुर्भाग्य सौभाग्यमा बदलिन सक्छ ।
सफलतातर्फ डोर्याउने चार वस्तु यसप्रकार छः
नुन
संसारभरका अधिकांश संस्कृतिमा नुनलाई सौभाग्यको प्रतिक मानिन्छ । विभिन्न प्रकारका दुर्भाग्यबाट बच्नका लागि एक चुट्की नुन लिएर आफ्नो बायाँ काँधको माथिबाट फ्याक्नुस् । साथै विकल्पका रुपमा नुनको पानीले स्नान गरेर आफ्नो शरीरलाई दुर्भाग्यबाट मुक्त गर्न सकिन्छ । आफ्नो नुहाउने तातो पानीमा मात्र दुई चम्चा नुन मिलाउनुस् ।
ऐना
यदि तपाईको हातबाट ऐना टुटेको छ भने कहिले पनि त्यसको टुक्रा फ्याक्नुहुँदैन् । यो तपाईको सौभाग्यमा बाधक बन्न सक्छ र तपाईले सात वर्ष लामो अवधिसम्म दुर्भाग्यको सामना गर्नुपर्दछ ।
सुगन्धित धूपवत्ती
नकारात्मक उर्जा र दुर्भाग्यबाट बच्नका लागि सुगन्धित धूप बाल्नु एक प्रभावकारी उपाय हो । चन्दन (टिका) वा चमेलीजस्ता कुनै तेज खुशबुको उपयोग गर्नुस् र एकभन्दा बढी बत्तीहरु बाल्दैहुनुहुन्छ भने जोर संख्या होइन् विजोर संख्यामा वत्ती जलाउनुस् ।
कपुर
नकारात्मक उर्जालाई समाप्त गर्नका लागि अधिकांश संस्कृतिहरुमा कैयौ मानिसहरु वर्षाैदेखि कपुर जलाउँदै आएका छन् । यसरी कपुर जलाउने प्रक्रियालाई स्मजिंग भनिन्छ । कपुरको वत्ती वा सुख्खा कपुर खरिद गर्नुस् र यसलाई जलाउनुस् । यो जलेको ठाउँमा धुवा छाड्नुपर्छ । जलिरहेको कपुरको धुवा घरमा फैलाउनका लागि यसलाई लिएर पुरै घर वरीपरी घुम्नुस् । यसो गरेमा असफलता दुर हुनेछ भने सफलता पाइनेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.