-->
अब प्रियंका कार्की पनि अमेरिका जाने
Advertisement

प्रियंका कार्की पनि अमेरिका जाने
वाशिंगटन डिसी । अभिनेत्री प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् ।
यिका कार्की आगामी जुलाई २ देखि ४ सम्म हुन् गइ रहेको प्रथम नेप्लीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।
नेप्लीज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की जुन महिनाको अन्त्यमा आउने भएकी छिन् । प्रियंकाले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् ।
कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् ।
यसको अतिरिक्त उनले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् ।
फेशन सो (भेषभूषा) प्रदर्शनमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की, रीमा कटवाल, सब्बु घले, लक्ष्मी ढकाल, निशा शिवाकोटी, आरती महर्जन, रुबी अधिकारी, रविना बस्नेत तथा सम्पदा रिजाल रहेका छन् ।
उक्त फेसन प्रदर्शन जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार, भेषभुषा रुपकार (फेसन डि जाइनर) बिना घले तथा विश्व गौतम रहेका थिए ।
नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.