-->
देश किन गरिब भयो ?गौतम बुद्धको जन्मभूमि किन गरिब राष्ट्रको सूचीमा परेको छ ?
Advertisement


देश किन गरिब भयो ?

बाह्रै महिना बग्ने हिमनदी, ससारको अग्लो शिखर सगरमाथा, गौतम बुद्धको जन्मभूमि किन गरिब राष्ट्रको सूचीमा परेको छ ? हिमाल, पहाड, तराई सबैको आफ्नो महŒव छ । एकविना अर्को अधुरो छ । तैपनि, हामी गरिब राष्ट्रका नागरिक भएका छौं, किन ? यसको प्रश्न चौतर्फी गुन्जिरहँदा यसको समधानतिर कोही लागेको देखिँदैन । अरूलाई दोष लगाएर आफू पानीमाथि ओभानो बन्ने चलनको जहिलेसम्म अन्त्य हुँदैन, तबसम्म यसले निकास पाउन सम्भव छैन ।
सभासद् र नेताहरू जसरी भए पनि कमाउनुपर्छ भन्ने ध्यानमा लागेका छन् । दिनभरि काम गरेर बिहान बेलुका छाक टार्न धौधौ छ आमनागरिकलाई, तर सभासद् भने महँगी भत्तालगायत तलबसुविधा बढाउन कसरी सकिन्छ भनेर लागिपरेका छन् । यस्तो अवस्था भएपछि राष्ट्र गरिब नभए के हुन्छ ?
आजभन्दा १० वर्षअघि मात्र भोकमरीको सामना गरेको इथियोपिया आज विकासको गतिमा अघि बढेको छ । हाम्रो मुलुक भने झन् गरिब बन्दै गएको जगजाहेर छ । जनताभन्दा पार्टी धेरै भएको मुलुकमा जनताले योभन्दा बढी के नै पाउलान् ? विश्वमा सबभन्दा बढी खानयोग्य पानी भएको मुलुकका जनता पानी खान नपाएर मर्ने अवस्था छ, किन ? हाइड्रोपावर सम्भावना हुँदाहँुदै पनि किन बिजुली निकालिँदैन ? किन हामी दैनिक १३÷१४ घन्टा अँध्यारोमा बस्न बाध्य भएका छौं ? यसको प्रमुख कारण एउटै छ, राजनीतिक नेताहरूमा सोचको दायरा कम । हामीपटक पटक यस्ता विषय पत्रपत्रिका, सामाजिक सञ्जालमार्फत लेख्छौं, तर पनि नेताहरूलाई यसले छुनेवाला छैन, किनभने उनीहरूको न देख्ने आँखा छ, न सुन्ने कान नै †
विभिन्न जातजाति भाषाभाषीको बसोबास भएको हाम्रो राष्ट्र अनेकतामा एकताको प्रतिमूर्तिका रूपमा चिनिन्छ । हाम्रा नेताले हाम्रो राष्ट्रलाई चिन्न नसक्नु ठूलो भूल हो । जनताको सहनशीलतालाई कमजोरी सम्झनु गलत हो । अधिकारका लागि सधैं कराउने तर आफ्नो कर्तव्य के हो भनेर कहिल्यै नबुझ्ने नेताहरूका कारण देश अधोगतिमा गइरहेको छ । नेताहरूको जुधाइ जनताको मिचाइ कहिलेसम्म होला ? लोभी र पापी नेताहरू भएको मुलुकमा सुशासनको आशा राख्नु बेकार रहेछ । देश सम्पत्ति नभएर होइन, एउटा असल र कर्मठ नेता नभएका कारण गरिब भएको रहेछ भन्ने अहिले छर्लंग देखिएको छ । सबैलाई कुर्सी र सत्ता नै चाहिने, कोही भन्दा कोही कम छैनन् । एकले अर्कालाइ सहयोग गर्नुपर्ने ठाउँमा सधैं आरोप र प्रत्यारोप लगाउँदैमा फुर्सद छैन ।
जनताको समस्याप्रति दलका नेताहरूले कहिलै सोचेनन्, सोचे त केवल कसरी प्रमको कुर्सी पाउन सकिन्छ भनेर । देशको आर्थिक अवस्थाप्रति कहिलै सचेत छैनन् । बजेट भाषण गर्नुप¥यो भने विदेशबाट कति सहयोग आउँछ भनेर बाटो हेर्नुपर्छ । यस्तो अवस्थाका हामी आपसमा किन सधैं झगडा गरिरहेका छौं । नेतामा त्यागको भावना छैन, सधैं मै खाऊँ, मै लाऊँ सुखसयल वा मोज म गरुँ भन्ने भावनाले ग्रस्त छन् । यस्तो अवस्थामा देशको विकास कसरी होला भनेर सोच्ने ? भविष्यमा पर्ने विपत्तिबारे सोच्दै नसोची वर्तमानमा फाइदा हुन्छ भने जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने नेताहरूका कारण राजनीतिक संकट चुलिँदै छ ।
पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं
source rajdhani dainik


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.