-->
बंगलादेशमा हिन्दु पुजारी मारिए
Advertisement

पश्चिमी बंगलादेशमा मंगलबार एक हिन्दु धर्मका पुजारी मारिएका छन् । अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दु पुजारीको हत्या गरेका छन् ।बंगलादेशमा अल्पसंख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रमको यो पछिल्लो शृंखला भएको प्रहरीले जानकारी दिएको छ ।
यसरी मारिनेमा यसअघि पनि बंगलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए । पछिल्लो समयमा यहाँ मुस्लिम अतिवादीहरूले यसरी फरक धर्मका व्यक्तिको हत्या गर्ने गरेका छन् । हत्या भएका पुजारी आनन्द गोपाल गंगुली रहेका छन् । उनलाई आफ्नो घर बंगलादेशको जेनिदाह जिल्लाको नोलदांगामा हत्या गरी नजिकैको खेतमा फालिएको बताइएको छ ।
हत्या गरेर उनलाई आफ्नै खेतमा फालिएको अवस्थामा मंगलबार भेटिएको प्रहरीले जनाएको छ । उक्त जिल्लाका प्रहरी उपप्रमुख गोपीनाथ कान्जिलालले उनलाई हत्या गरेर खेतमा फालिएको अवस्थामा भेटिएको जनाएका हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.