बिगुल वास्तु, काठमाडौँ । घरमा राखिएका सबै सामाग्री हरुले सकारात्मक तथा नकारात्मक उर्जा प्रदान गरीरहेका हुन्छन् । तर केही कुराहरुमा ध्यान पूर्याउने हो भने घरका सबै चिजहरुबाट सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसो हुन सकेमा घरमा सुख शान्ती हुनुका साथै धनको बचत तथा परिवारको सम्बृद्धी हुने निश्चित छ ।
घरको छतमा ट्याङ्की सबैले राखेका हुन्छन् तर कतिपयलाई थाह नहुन सक्छ कुन ठाँउमा अथवा कस्तो दिशामा राख्दा ठिक हुन्छ त त्यो जान्नु जरुरी हुन्छ । वास्तुशास्त्रको मान्यता अनुसार पानीको ट्याङ्की छतको दक्षिण-पश्चिममा हुनु अत्यन्तै शुभ मानिएको छ । अन्यथा अरु दिशामा पानीको ट्याङ्की राख्दा अशुभ हुने मान्यता राखिएको छ ।
उत्तर दक्षिण-दिशा घरको स्वामी मानिने भएकाले बिशेषगरी घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको नकारात्मक प्रभाव प्रभाव कम भई घरमा सुख शान्ती हुने वास्तु शास्त्रको मान्यता छ ।
कतै सुन्नुभएको पनि छ होला कस्तो आगो पानी झैँ ? यसको अर्थ आगो र पानी कुनै पनि हालतमा मिल्न सक्दैनन् । यसैले घरको भान्सामा आगो र पानीको दूरी बढाएमा यसको सकारात्मक प्रभावले घरमा सकारात्मक उर्जा प्रवाह हुने बिश्वास रहीआएको छ ।
घरमा सरसफाई का क्रममा पानीमा नुन मिसाएर गर्नु राम्रो मानिन्छ । यसो गर्नाले सकारात्मक उर्जा प्राप्त हुने बिश्वास रहीआएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...