शिवनगर चोकको मूल बाटोमै रहेको शिवश्री हार्डवेयर तथा जेनरल सप्लायर्सले खुलेआम बिक्री गरिरहेको देखिएको छ।
पसल अगाडि केही राखेर गोदाम तथा अन्यत्र लुकाएर ठूलो परिमाणमा एल्बेस्टरको भन्डारण गरी बिक्री गरिरहेको बुझिएको छ। खरिदकर्ताले मागेको खन्डमा घरैसम्म पु¥यादिने सुविधासमेत दिइरहेको सप्लायर्सले पुरानो स्टक रहेको भन्दै भारतबाट लुकीछिपी एल्बेस्टर मगाउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन्।
सरकारले भारतबाट एलबेस्टर ल्याउन प्रतिवन्ध लगाएपछि गत वैशाख महिनादेखि नै मुख्य नाका भएर हुने निकासीमा रोक गाएको गौर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्रले बताए। कतिपय सर्वसाधारणहरु एलबेस्टर ल्याउन भन्सार कार्यालयमा राजस्व बुझ्न आग्रह गर्दै आएको भए पनि राजस्व लिएर यो वस्तु भत्र्याउनै नमिल्ने बताए। खुला नाका भएकोले चोरबाटो भएर यस्तो प्रतिबन्धित मालसमान केही तस्करहरुले लैजान गरेको सुन्नमा आएको मिश्रले बताए।
सरकारले नेपाली बजारमा यसको खरिद, बिक्री, भण्डारणलगायतका सबै कार्यमा प्रतिबन्ध लगाएको भन्सार प्रमुख मिश्रले बताए। जिल्लाको बंकुल, नरकटिया, वन्जरहा, औरैयालगायतका नाकाबाट पैठारी भएको र उक्त मालसमान गंगा पिपरा, बंकुल, गरुडा, शिवनगर, समनपुर, कटहरियालगायतका बजारहरुमा खुलेआम बिक्री वितरण भइरहेको छ।
भारतबाट आउने एल्बेस्टर सरकारले प्रतिबन्ध लगाएको विषयमा अनभिज्ञता प्रकट गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले यदी त्यस्तो हो भन्ने बजार अनुगमन गरी यस्तो कार्य रोक्ने प्रतिवद्धता जनाएका छन्।
प्रतिबन्धित एल्बेस्टर रौतहटमा खुलेआम बिक्री


0 comments
प्रतिक्रिया दिनुहोस्...