-->
शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सको प्रभाव , तीन बीमा कम्पनीमा सर्किट ब्रेक
Advertisement

 साप्ताहिक व्यापारको अन्तिम दिन नेप्से परिसूचक १९ दशमलव ९० अङ्कले बढेको छ । कारोबार शुरु भएदेखि बढेको नेप्से परिसूचक दिनभरिको व्यापारमा १ दशमलव २९ प्रतिशतले बढेर १ हजार ५ सय ६६ दशमलव ७० विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन जस्तै विहीबार पनि बीमा समूहको परिसूचकमा उच्च अङ्कले बृद्धि भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम सहित उच्च मूल्यमा एफपीओ शेयर जारी गर्ने खवर सार्वजनिक गरेपछि बीमा समूह प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।
नेप्सेमा रू. १ अर्ब ८९ करोड बराबरको शेयर कारोबार भएको छ भने रू. १६ खर्ब ८९ अर्बको कुल बजार पूँजीकरण भयो । यस दिन सुर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सगरमाथा र ओम डेभलपमेण्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बीमा समूहको परिसूचक ७ दशमलव ३९ प्रतिशतले बढेको छ । कारोबारमा आएका सबै बीमा कम्पनीहरुको शेयर मूल्य उच्च दरले बढेपछि यस समूहको परिसूचक ५ सय ९५ दशमलव ४३ अङ्कले बढेको हो । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले ओेभर बट जोन ७९ दशमलव ८९ स्केलमा रहेको छ । यसले बजारमा बीमा समूहको शेयरको खरीद चाप उच्च रहेको देखाउँछ । त्यसैगरी, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ७९ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ७४ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ६ प्रतिशत र जलविद्यूतको शून्य दशमलव १९ प्रतिशतले बढेको छ । होटल समूहको परिसूचक शून्य दशमलव ३३ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव ७९ प्रतिशतले घटेको छ ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको समेत कारोबार बढेर रू. २४ करोड ८ लाखको शेयर किनबेच भएको छ ।  यस कम्पनीको मूल्यमा ४ सय ८ रुपैयाँले वृद्धि भएको हो । पाँच बीमा कम्पनीहरु ः लुम्बिनी जनरल, युनाइटेड, गुँरास लाइफ, प्रभु र नेपाल इन्स्योरेन्समा साथै ओमी माइक्रो फाइनान्स वित्तिय संस्था, युनाइटेड फाइनान्स र एनसिएम मर्चेण्टको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । त्यसैगरी, प्यासिफिक डभलपमेण्ट बैङ्कको शेयर मूल्य भने ३ दशमलव ६८ प्रतिशतले घटेको छ ।
विहीबार नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन ६१ दशमलव २६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद बिक्री चाप सामान्य रहेको देखाउँछ । नेप्सेमा १ सय ३७ कम्पनीको ६ हजार ७ सय ६४ व्यापारबाट १८ लाख ८६ हजार ८ सय १९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ७७ कम्पनीको शेयरमूल्य बढेको छ, ४६ कम्पनीको शेयरमूल्य घट्यो र १४ कम्पनीको शेयर मूल्य स्थिर रहयो । नेप्सेको एडी रेशियो १ दशमलव ६७ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.