संसारकै ठूलो देहव्यापार केन्द्रमध्येमा पर्ने नेदरल्यान्डको एम्सटर्डमको रेड लाइट एरियाबारे गरिएको एउटा ताजा अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । देहव्यापारीलाई रोबोर्टले विस्थापन गरे यसका अनेक फाइदा हुने चर्चासमेत अनुसन्धान प्रतिवेदनमा गरिएको छ । 'यौन रोगको संक्रमण, महिलाको तस्करी, देहव्यापार अथवा अनाधिकृत मैथुनमा संलग्न भएबापत हुने ग्लानिजस्ता समस्या यसबाट हट्ने देखिन्छ,' प्रतिवेदनमा भनिएको छ ।
बेलायती पत्रिका मिररका अनुसार 'रोबोट्र्स, म्यान एन्ड सेक्स टुरिजम' शीर्षकको प्रतिवेदनमा जनाइएअनुसार सन् २०५० सम्ममा देहव्यापार केन्द्रमा ठूलै परिवर्तन आउनेछ । 'महिलाको स्थान रोबोर्टले लिनेछन्, र यसबाट अनेक लाभ मिल्नेछ,' अनुसन्धानमा संलग्न न्युजिल्यान्डस्थित युनिभर्सिटी अफ वेलिङगटनका शोधकर्ता इरान योमनले भने
रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...