-->
नाकको आकार हेरेर आफ्नो र अरुको बिशेषता र व्यक्तित्व पत्ता लगाउनुहोस् ।
Advertisement

काठमाडौं । झट्ट सुन्दा यो अनौठो लाग्न सक्छ , तर यो वास्तवमा सत्य हो ! तपाईको आफ्नो नाकको आकारले तपाईको चरित्र वा बिशेषताका बारे धेरै कुरा बताउछ ।
यो तथ्य इजरायलको ‘बेन गुरियन विश्वविद्यालयका प्रोफेसर अब्राहम तमिरद्वारा प्रमाणित हो। उनले गरेको अध्ययनको सम्पूर्ण विवरण इजरायलको कार्नियो-फेसियल सर्जरीको जर्नलमा प्रकाशित गरिएको छ।
अब तपाई आफ्नो नाकको प्रकार हेरेर आफ्नो बिशेषता/चरित्र जान्नुहोस् यहाँ हामी ८ प्रकारका फरक फरक नाकहरूको र विशेषताहरु प्रस्तुत गरेका छौ।
१. न्युबियन नाक : यो न्युबियन आकारको नाक मुख्यतया लम्बाईको हिसाबले अलि फरक खालको हुन्छ। यस्तो खालको नाकको माथिको भाग लगभग शिधा नै हुन्छ,तर तल नाकको टुप्पो तिरको भाग तलतिर झुकेको हुन्छ । जुन एक नम्बरको तस्बिरमा हेर्न सकिन्छ। यस प्रकारको नाकको आकार हुने मनिसहरु उत्सुक र खाजिनिति गर्ने खालको हुने गर्दछन। अनि उनीहरु आशावादी पनि हुन्छन, र सधै अरूलाई समायोजित गर्न प्रयास गर्छन। तिनीहरूले हरेक कुरालाइ राम्रो नजरले हेर्ने र सधैं हरेक समस्याको समाधान खोज्ने खालका हुन्छन् ।
२. ग्रीक नाक : यस खालको नाक ग्रीकको प्राचीन शिल्पकलाका मुर्तिको झल्को आउँने खालको भएकोले नै ग्रीक नाक भनिएको हो। यस खालको नाकको आकार साँघुरो लम्बाइ र सिधा हुन्छ। जसले नाकको टुप्पोलाई चुच्चो पर्दछ। यस्तो नाक हुनेहरु एकै ठाउँमा ध्यान केन्द्रित गर्न मन पराउदैनन् । उनीहरूले धेरै व्यावहारिक र इमान्दार पनि हुन्छन्। उनीहरुलाई खुलस्तसंग आफ्ना भावना र कुराहरु राख्न गाह्रो मान्ने गर्दछन ।
३. हुक नाक: यस खालको नाक देख्दा हुक अथवा माछा मर्ने बल्छी जस्तो तल घुमेको हुन्छ। अथवा चराको चुच्चोसंग नाक आकार तुलना गर्नुहोस्। यस्तो नाक हुनेहरु रचनात्मक र आत्म -त्यागी हुन्छन । उनीहरूले आफ्नो विश्वासको रक्षा र आफ्नो लक्ष्यमा पुग्न कुनै जोखिम लिन पनि डराउँदैनन् ।
४.अर्चेड नाक ( धनुषाकार नाक) :यो खालको नाक हेर्दा हुक नाक जस्तै देखिएपनि यो अलि धनुषाकार घुमेको हुन्छ। जुन नुम्बर ४ को तस्बिरमा हेर्न सकिन्छ। यो नाक माथिको हड्डी बाट तल नाकको टुप्पो सम्म घुमेको हुन्छ, र टुप्पो एकदम चुच्चा हुन्छ । यो नाक हुनेहरु आफ्नो काम र कर्तब्यसंग सही र संगठनात्मक रुपले गर्न माहिर हुन्छन।
७. कन्केभ नाक : यो नाकको हड्डी सानो हुन्छ । यो सानो नाकको तुलनामा केहि कम सुन्दर देखिए पनि यो पनि झट्ट हेर्दा राम्रो नै देखिन्छ । यस्तो नाक हुने मान्छे उदार मन भएका हुन्छन, र सधैं अरूको समस्याहरूमा मदत गर्न तयार रहन्छन। उनीहरु समझदार पनि हुन्छन। त्यसैले पनि उनीहरुलाई अरुले सजिलै चोट पुर्याउन सक्छन,किनकी उनीहरु सबैलाई छिट्टै बिस्वास गर्दछन् ।
८. बांगो नाक : यो नाकको विशेषगरि टुप्पोको भाग गोलाकार हुन्छ। यस प्रकारको नाक हुनु भन्नु नै मायालु खालको हुनु हो । यो नाक हुनेहरु धेरै सुन्ने र मिठो बोल्ने खालका हुन्छन् । राम्रो र सहयोगी साथि बनाउन माहिर पनि हुन्छन् ।
दशरथ, बिगुल सम्वादाता


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.