-->
बिहीन इजिप्ट एयरको दुर्घटनाग्रस्त विमान ग्रिसको दक्षिणी समुद्रमा भेटियो
Advertisement

सम्पर्क बिहीन भएको इजिप्ट एयरको विमान ग्रिसको दक्षिणी क्षेत्रमा रहेको समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । फ्रान्सको राजधानी पेशिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान दुर्घटनामा परेको पुष्टि भएको हो ।
एयर बस ए ३२० ग्रिसको आइसल्याण्ड कारपथोस नजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको ग्रिसको नागरिक उड्ययन विभागलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको हो । ग्रिसको रक्षा मन्त्रालयले विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा दुई वटा विमान पठाइएको जनाएको छ ।
कारपथोस आइल्याण्डबाट एक सय ३० माइल पर समुद्रमा विमान दुर्घटनाग्रस्त भएको हो । इजिप्ट एअरलाइन्स्ले अनुसन्धान टोलीले दुर्घटनाग्रस्त विमानका थप अवशेषहरु खोजिरहेको ट्विटरमार्फत जानकारी दिएको छ । इजिप्टको विदेश मन्त्रालयले यस अघि भेटिएको अवशेषहरु, हराएको एम.एस. ८०४ विमानकै भएको पुष्टि गरेको थियो ।
५६ जना यात्रु र १० जना चालकदलका सदस्यसहित उठेको फ्लाइट एमएस ८०४ को विमान नेपाली समय अनुसार बिहीबार बिहान साढे ६ बजेदेखि सम्पर्कबिहीन भएको हो । विमानमा सबै भन्दा धेरै ३० जना इजिप्टका यात्रु थिए ।
यस्तै, फ्रान्सका १५, इराकका दुई तथा बेलायतका एक नागरिक रहेको इजिप्ट एयरले जनाएको छ । यस्तै, क्यानडा, बेल्जियम, कुवेत, साउदी अरेबिया, अल्जेरिया, सुडान, चाड तथा पोर्चुगलका नागरिक पनि विमानमा थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.