-->
कर्मचारीको तलब-भत्ता बढाउने सरकारको तयारी, कसको कति ?
Advertisement

काठमाडौं, ७ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारी, प्रहरी, सेना तथा शिक्षकहरुको तलब बढाउने तयारी गरेको छ ।
कर्मचारी संगठनले तलब तथा भत्ता बढाउन तीब्र दबाब दिएपछि सरकार बढाउने मनस्थितिमा पुगेको हो ।
तलब र भत्ता गरी न्यूनतम १५ देखि अधिकतम २० प्रतिशतसम्म बढाउन सकिने सम्भावनामा छलफल भइरहेको बजेट निर्माणमा संलग्न कर्मचारीहरु बताएका छन् ।
हरेक तीन वर्षमा कर्मचारीको तलब तथा भत्तामा पुनरावलोकन गर्नुपर्ने कर्मचारी सेवा विनियमावलीको दफा २७ मा उल्लेख छ । त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा तलब भत्ता पुनरावलोकन समिति बन्छ र सो समितिको सिफारिसका आधारमा सरकारले निर्णय गर्छ ।
दुई बर्षदेखि तलब नबढेको भन्दै अहिले बढाउनुपर्ने मुख्यसचिव सोमलाल सुवेदी संयोजकत्वको समितिले सुझाएको स्रोतहरुको दाबी छ ।
मूल्य बृद्धि ब्यापक बढेको भन्दै कर्मचारीहरुले ५० प्रतिशतसम्म तलब बढाउनु पर्ने माग गर्दै आएका छन् ।
सरकारले तलबभन्दा बढी भत्ता वा अन्य कुनै इन्सेन्टिभको रुपमा कर्मचारीले पाउने पैसा बढाउने तयारी गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
तलब बढाउँदा नियमित तलबवाहेक पेन्सन थाप्ने पूर्वकर्मचारीहरुलाई पनि त्यही अनुपातमा थप रकम दिनुपर्ने भएकाले भत्ता बढाउनु पर्ने पक्षमा मन्त्रालयका अधिकारीहरु रहेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.