-->
भूकम्पपीडितको सेवामा खटेका धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ
Advertisement

काठमाडौं, ७ जेठ । भूकम्पपीडितको सेवामा खटेका धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ गिरानचौर एकीकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले ध्रुमुस–सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । ध्रुमुस–सुन्तली फाउन्डेसनको कार्यालयमै पुगेर रेखाले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् ।
उनले ध्रुमुस–सुन्तलीको कामको प्रशंसा पनि गरिन् । ‘ध्रुमुस–सुन्तलीले जे गरिरहेका छन्, त्यसलाई पूरा देशले प्रशंसा गरेको छ । यसमा सम्पूर्ण कला क्षेत्रले गर्व गर्न पाएको छ,’ उनले भनिन् । आफ्ना फ्यानले आफूलाई ध्रुमुस–सुन्तली अभियानमा सहयोग गर्न झकझक्याएको उनले बताइन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.