रुपन्देही, ७ जेठ । रुपन्देहीमा एक युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शरीरमा आगो लगाई जलेर गम्भीर घाइते भएकी कम्हरिया–७ बस्ने २२ बर्षीया गीता लोधको शुक्रबार मृत्यु भएको हो ।
आफै सुत्ने कोठामा शरिरमा आगो लगाई जली घाइते भएकी उनलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...