-->
कांग्रेसको विरोधका कारण संसद बैठक आधा घण्टा स्थगित
Advertisement

 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सोमबार बिहान बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले अर्थमन्त्री विष्णु पौडेललाई कारवाही हुनुपर्ने माग गरेका थिए । कांग्रेस सांसदहरुले बजेट घोषणा हुनु अगावै त्यसका गोप्य सूचना एक दैनिक पत्रिकामा छापिएको भन्दै अर्थमन्त्रीमाथि कारवाहीको माग गरेका छन् ।
त्यसरी आर्थिक सूचनाहरु बजेट घोषणा अगावै बाहिर चुहिँदा आर्थिक अनुशासन उल्लंघन भएको र कर छल्नेहरुलाई सजिलो भएको कांग्रेस सांसदको आरोप छ ।
कांग्रेसको विरोधपछि सभामुुखले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरिन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.