-->
सीके राउतले यसरी खोले एक-एक मधेसी नेताको पोल! नेपालको अस्तित्व…
Advertisement

काठमाडौं, १८ जेठ । स्वतन्त्र मधेस अभियन्ता एवं पृथकवादी सीके राउतले मधेसवादी दलको आन्दोलन नेपालको अस्तित्व मेट्नका लागि गरिएको खुलासा गरेका छन् ।
मंगलबार विहान सामाजिक सञ्जाल ट्वीटमार्फत राउतले भारतको इशारामा अहिलेको आन्दोलन चलेको भन्दै संविधान पुनर्लेखनको नाममा इशारे आन्दोलन गर्नेहरुले नेपाल र मधेसको अस्तित्व मेट्न खोजेको खुलासा गरेका हुन् ।
उनले आफूहरु नेपाल र मधेस दुबैको अस्तित्व कायम रहोस् भन्ने पक्षमा रहेको स्पष्ट पार्दै मधेसवादी दलहरु भने पुरै नेपालको अस्तित्व मेट्न कै लागि आन्दोलन गरिरहेको बताएका छन् ।
उनले लेखेका छन्– ‘हामीले नेपाल र मधेश दुबैको अस्तित्व कायम रहोस् चाँहेका छौं । पुनर्लेखन (संविधान)को नाममा ईशारे आन्दोलन गर्नेहरु दुईटै मेट्ने पथमा छन् । वि. थाहा पाउनुहुन्छ ।’
यसअघि राउतले १० माओवादीबीच एकता गरेका प्रचण्डको प्रशंसा गर्दै अदभुत क्षमता भएको नेता भनेका थिए ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.