-->
बस रोकेर १६ यात्रुको हत्या ४५ जना अपहरित
Advertisement

१८ जेठ, कुन्दुज (अफगानिस्तान)।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार सशस्त्र हतियारधारीहरुले कम्तीमा १६ व्यक्तिको गोली हानी हत्या गरेका छन् ।
स्थानीय प्रहरी स्रोतले मङ्गलबार बिहान सो हत्याको जानकारी दिएको छ ।
कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरको दक्षिणतर्फको बाहिरी इलाकामा पर्ने कजाकाह क्षेत्रमा गुडिरहेका बस रोकेर यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय समयाअनुसार मङगलबार विहान लामो दुरीमा चल्ने तीनवटा बस बीच बाटोमा रोकी कम्तीमा १६ जना अफगान नागरिकको गोली हानी हत्या गरेका बताइएको छ ।
यसैगरी तिनै बसमा रहेका ४५ सर्वसाधारणको अपहरण समेत गरेका समाचारमा जनाएको छ ।
विमल घर्तीकी बहिनीको पोष्टमोर्टम रिपोर्ट आयोः यस्तो रहेछ मृत्युको कारण
ती तीनवटा बसमा माहिला बालबालिकासहित करिब १८० यात्रु सवार रहेका प्रहरीले जनाएको छ । तालिवान आतङ्ककारी समूहले यस हत्या र अपहरणको जिम्मा लिएका छन्
तालिवान आतङ्ककारी समूहले अफगानिस्तानमा अप्रिलको सुरुबाट भीषण आक्रमण गर्ने बताए अनुसार विभिन्न इलाकामा आक्रमण गर्दै आएका छन् ।
यसैबीच कुन्दुजको छिमेकमा पर्ने समानगान प्रान्तमा एक स्थानीय इन्जिनियरको पनि अज्ञात सशस्त्र व्यक्तिहरुले अपहरण गरेका छन् ।
अफगानिस्तानमा जारी द्वन्द्वमा परी यसैबर्षको सुरुदेखि चारमहिनाभित्र करिब ६ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ३४० जना घाइते भएका छन् ।
अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले पछिल्लो समयमा हिंसाको शृंखला बढ्दै गएको जानकारी दिएको छ ।
यसैबीच प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको बघलान प्रान्तको बघलान ई मार्काजी जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारीलाई लक्ष्यगरी मङ्गलबार बिहान गरिएको कारबाहीमा आठजना तालिवान मारिएका छन् ।
अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ तालिवान आतङ्ककारी मारिएको गृह मन्त्रालयद्वार जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त प्रान्तका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले मङ्गलबार सो जानकारी दिनुभएको छ । तालिवानको अखाडालाई लक्ष्यगरी गरिएको सो आक्रमणमा आठ आतङ्ककारी सोही स्थलमा मारिएका बताइएको छ ।
उत्तरी बघलान प्रान्तको बघलान इ मार्काजी, दान्द ई गोरी र दान्द इ साहाबुदिन जिल्लामा यसै बर्षको सुरुदेखि सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारी समूहबीच द्वन्द्व जारी रहेको छ । रासस÷सिन्ह्वाnepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.