-->
सरकारले ह्वातै बढायो कर्मचारीको तलब, कसको कति ? बजेटमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरिदै
Advertisement

काठमाडौ, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाउने भएको छ ।
आज सार्वजनिक हुनलागेको बजेटमा २० प्रतिशत प्रत्यक्ष र पोशाक भत्ता, महंगी भत्ता, ग्रेडबाट ५ प्रतिशत गरी कर्मचारीको तलब २५ प्रतिशतले बढाउन लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालयका अनुसार सबै कर्मचारीको समान २५ प्रतिशत तलब बढाइएको हो ।
यसअघि सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले २५ प्रतिशतसम्म तलव बढाउन सिफारिस गरेको थियो ।
त्यस्तै, कर्मचारीको कम्तिमा १ लाखसम्मको स्वास्थ्य विमा एवं सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई उसकै नाममा गाडी उपलब्ध गराउने लगायतका १३ बुँदे प्रस्ताव बजेटमा समावेश गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.