-->
रोमानिया र पोल्याण्डमा मिसाइल तैनाथ गर्ने अमेरिकी तयारी-रोमानिया र पोल्याण्डमाथि आक्रमण गर्ने रुसको चेतावनी
Advertisement

युरोपमा अमेरिकी मिसाइल तैनाथ गर्ने विषयमा रोमानिया र पोल्याण्डसँग रुसको सम्बन्ध थप तनावमय बन्दै गएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग अब जवाफी कारबाहीको विकल्प नरहेको बताएका छन् ।
राष्ट्रपति पुटिनले रोमानिया र पोल्याण्ड आक्रमणको निशानामा रहेको चेतावनी समेत दिएका छन् । युरोपमा अमेरिकी मिसाइल शील्ड कार्यक्रमबाट रुसको सुरक्षामा सीधा खतरा पर्ने पुटिनको दाबी छ । अमेरिकाले केही मिसाइल रोमानिया र पोल्याण्डमा तैनाथ गर्ने भएपछि रुस रुष्ट बनेको हो ।
ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्राससँगको संयुक्त पत्रकार सम्मेलनमा पुटिनले आफ्नो सुरक्षाका लागि रुस आवश्यक कदम चाल्न तयार रहेको बताए । पोल्याण्डका साथ पनि यही कुरा लागु हुने उनको भनाइ थियो । यद्यपि वाशिङ्गटनको कदमपछि मात्र आफ्नो जवाफी प्रतिक्रिया तय हुने पुटिनले प्रष्ट पारे ।न्युज 24 नेपाल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.