-->
यी हुन् बदामका दस फाइदाहरु
Advertisement

काठमाडौं । बदाम स्वादका साथै मानब स्वास्थ्यलाई लाभ पुर्याउने बिभिन्न गुणहरु हुने गर्दछ । बदामलाई सस्तो काजुपनि भनिन्छ । बदाम बिभिन्न प्रकारले उपभोग गर्न सकिन्छ । यसको तेलपनि स्वाद र स्वास्थ्यकोलागि एकदम प्रचलित छ । बदामलाई प्रोटीनको सबैभन्दा सस्तो बनस्पतिको रुपमा लिईन्छ । यसमा प्रोटिनको मात्रा मासु भन्दा दुई गुणा, अण्डामा भन्दा ३.८ गुणा, फलफूल भन्दा १२ गुणा हुन्छ  । १०० ग्राम बदाममा एक लिटर दुध बराबरको प्रोटिन हुन्छ  ।
बदाम आइरन,नियासिन, फोलेट, कैल्शियम र जिंकको राम्रो स्रोत मानिन्छ । थोरै मात्र बदामको दानामा ७४० क्यालरी,८ ग्राम कार्बोहाइड्रेट , ३० ग्राम प्रोटिन हुन्छ  । यसमा भिटामिन ई,के ,र बी ६ को मात्रा पर्याप्त हुन्छ ।
यी हुन् बदामका दस फाइदा -:
१. बदाममा तेलको मात्रा बढी हुनाले यसले पेटको बिमारीबाट बचाउछ । बदामको नियमित सेवनले कब्ज जस्तो समस्या हुदैन । साथै ग्यास र एसिडिटीको समस्याबाट राहत मिल्दछ ।
२. बदाम खोकीको लागि उपयोगी मानिन्छ । यसको नियमित सेवनले आमाशय र फोक्सोलाई मजबुत बनाउछ  । पंचन शक्ति बढाउने र भोक नलाग्ने समस्या अन्ते गर्दछ  ।
३. गर्भवती महिलाले नियमित बदाम सेवन गरे गर्भको शिशुको विकासमा मद्दत पुग्दछ ।
४. बदाममा ओमेगा-६ फ्याट भरपुर मात्रामा हुन्छ ।जो स्वस्थ कोशिका र सुन्दर त्वचाको लागि राम्रो हुन्छ ।तेसैले बदाम स्किन बनाउनको लागि पनि सेवन गरिन्छ ।
५. खाना खाएपछि ५० वा १०० ग्राम बदाम नियमित खानाले शरीरलाई फाइदा हुन्छ र भोजन पचाउनका साथै शरीरमा रगतको कमी हुनबाट बचाउछ  ।
६. हप्ताको पाँच दिन बदाम खानाले मुटु रोगको खतराबाट बच्न सकिन्छ  ।
७ . बदाम खानाले कोलस्ट्रल कन्ट्रोल हुन्छ ।यसको सेवनले कोलस्ट्रलको मात्रामा ८.२ प्रतिशत हुन्छ  ।
८ . बदाममा प्रोटीन, फाइबर, खनिज भिटामिन र एन्टीअक्सिडेट प्रचुरमात्रामा पाईन्छ  । त्यसैले यसको सेवनले स्किनलाई लामो समय सम्म ताजा राख्दछ ।
९ . क्याल्सियम र भिटामिन डी अधिक मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हड्डी मजबुत बनाउदछ ।
१०. नियमित बदाम सेवनले महिला र पुरुषको हर्मोनलाई सन्तुल बनाईराख्दछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.