-->
एस एस पी रमेश खरेल लाइ विदेश बाट फोन गरेर मार्ने धम्कि दिने को हो ? खरेल भन्छन
Advertisement

खरेल भन्छन्, ‘कसैसंग डराउंदिन, आईजिपी हुनबाट कसैले रोक्न सक्दैन’
नेपाल प्रहरीका चर्चित एसएसपी रमेश प्रसाद खरेललाई ज्यान मार्ने धम्की आउने गरेको छ । अन्तरवार्ताका क्रममा उनले आफुलाई मार्ने धम्की आएको खुलाएका हुन् । उनले भने,‘म कसैसंग डराउदिन । म र मेरो संगठन अपराधीसंग मुकाविला गर्न सक्षम छ । परिवारमा पनि भनेको छैन । पहिलो पटक भन्दैछु, मलाई ज्यानमार्ने धम्की आउने गरेको छ ।’ उनलाई विदेशमा बस्ने नेपालीबाट मार्ने धम्की आएको हो । धम्काउने व्यक्तिको पहिचान भइसकेको छ ।
नेपाल आजसंगको सनसनीपूर्ण अन्तरवार्ताका क्रममा उनले आफुलाई प्रहरी प्रमुख बन्न नदिन धेरैतिरबाट प्रयास भइरहेको प्रष्ट पारे । आफ्नो योग्यता, इमान्दारिता र लगनका कारण आइजिपी बनेरै छाड्ने उनको दाबी छ । उनले भने, ‘ म आईजिपी भएरै छाड्छु ।’ प्रहरीभित्र सरुवा र बढुवाका लागि अहिलेपनि घुसघोरी चलिरहेको उनको भनाइ छ । यसअघि डिआइजी बढुवाका लागि ब्रिफकेस लिएर हिड्ने गरिएको अभिव्यक्ति दिएका खरेलले आफ्नो सो अभिव्यक्ति पूर्णरुपमा सत्य रहेको दोहोराएका छन् ।
अन्तरवार्ताका क्रममा उनले आफुलाई आउने धम्की, प्रहरीभित्र भएका राजनीतिक हस्तक्षेप र घुसघोरी, आफ्नी श्रीमतीलाई सुराकी बनाएको सन्र्दभ, तत्कालिन गृहमन्त्री बामदेब गौतमसंगको सम्बन्ध, राजनीतितर्फको सम्भावनाका बारेमा खुलेर कुरा गरेका छन् ।
शान्ति मिसनमा एक वर्षका लागि सुडान जान लागेका खरेलले उनकै शब्दमा कसैसंग व्यक्त नगरिएका सन्र्दभपनि यो अन्र्तवार्ताका क्रममा व्यक्त गरेका छन् । उनीसंगको पूरा अन्तरवार्ता तलको लिंकमा क्लिक गरि हेर्न सक्नुहुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.