-->
कस्ता दम्पती हुन्छन्, सबैभन्दा सुखी !!!
Advertisement

आफ्नो दाम्पत्य जिवन सुखी बनाउन धेरै जोडिहरु बिचारमग्न हुन्छन्, तर कतिपयलाई त कसरी सुखी हुन्छ अथवा कति सुखी छ भन्ने कुराको पत्तो नै पाउन सक्दैनन् । तर एउटा अनुसन्धान बाट यस्तो कुरा खुलेको छ कि तपाईको दाम्पत्य जिवन कति खुसि या सुखी छ भन्ने कुराको संकेत एउटा सानो कुरावाट थाह हुने भएको छ ।
तपाईहरु आफ्नो जोडि संग सुत्दा कति दुरी कायम गर्नुहुन्छ । यस्तै दुरीका आधारमा अब तपाईको सम्बन्ध कक्तिको प्रगाढ हुन्छ भन्ने कुरा पत्ता लाग्ने भएको छ ।
अध्ययनका अनुसार जति दुरी कम हुदै गयो सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । लगभग ३० इन्च दुरी कायम गर्नेको भन्दा एक इन्च वा कम दुरी राख्ने दम्पक्तीको प्रेम प्रगाढ हुने कुरा उल्लेख गरेको छ ।
यस्तै शरीर नछुवाई सुत्ने जोडिको भन्दा शरीर स्पर्स गरेर सुत्ने जोडिको सम्बन्ध सुखी र प्रगाढ हुने कुरा अनुसन्धानले देखाएको छ ।
एडिनबर्ग इन्टरनेशनल साइन्स फेस्टिभलको ले गरेको एक अनुसन्धानबाट १ हजार मानिसबीच गरिएको अनुसन्धानबाट दम्पत्तिको सुत्ने शैलीका बारेमा रोचक तथ्यहरु फेला पारेको थियो ।
जसअनुसार ४२ प्रतिशत दम्पत्तिले ढाड जोडेर, ३१ प्रतिशतले एकापट्टि फर्केर एउटै पोजिशनमा र ४ प्रतिशतले आमनेसामने गरेर सुत्ने गरेको बताएका थिए ।
यस्तै, १२ प्रतिशतले १ इन्चभन्दा कम दूरीमा र २ प्रतिशतले ३० इन्चभन्दा बढी दूरी बनाएर सुत्ने गरेको पाइएको अनुसन्धानले देखाएको छ ।
युनिभर्सिटी अफ हर्टफोर्डसायरका मनोविद् प्राध्यापक रिचर्ड वाइजम्यान भन्छन्, ‘एउटा महत्वपूर्ण फरक भनेको शरीर छुनेमा पाइयो, एकआपसमा छोएर सुत्ने ९४ प्रतिशत दम्पत्ति संबन्धमा खुशी रहेको पाइयो, जबकि शरीर नै नछुनेहरूबीचको संबन्ध राम्रो रहेको पाइएन ।’ “एजेन्सी”


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.