-->
चीनमा एउटा यस्तो गाउँ छ जहाँ हरेक व्यक्तिको बार्षिक आम्दानी एक लाख यूरो
Advertisement

एजेन्सी ,गाउँको नाम आउदा भत्केका सडक ,पराल,झिगटि र माटोले बनेको घर यी सबै प्राय बने गरेका छन् । तर चीनमा एउटा यस्तो गाउँ छ जहा आलिशान बंगला , महँगा कार ,राम्रो शिक्षा लगाएतका सबै सुबिधा पाउन सकिन्छ । चीनको जियांगयिन शहर नजिकै रहेको उक्त गाउँको नाम हुआझी हो । जसलाई चीनकै सबैभन्दा धनी कृषि गाउँको रुपमा लिने गरिन्छ । यस गाउँमा बस्ने २००० जनाको बार्षिक आम्दानी एक लाख यूरो अर्थात् एक करोड भन्दामाथि रहेको छ । हरेक व्यक्तिको बार्षिक आम्दानी एक लाख यूरो अर्थात् एक करोड भन्दामाथि रहेको छ ।
Image
हुनत हुआझीमा बस्ती बस्दा यहाको अवस्था निकै नाजुक रहेको थियो । गाउँमा साम्यवादी पार्टी समितिको स्थापना संगै गाउँको विकासले तिब्रता लियो । गाउँमै ठुला-ठुला स्टील, सिल्क लगाएतका कारखाना स्थापना भयो । त्यहाको कृषि प्रणाली सुधारका लागि ठोस नियम बनाएर त्यसलाई मल्टी सेक्टर इंडस्ट्री कम्पनी बनाई सन १९९० मा कम्पनी शेयर बाजार में सूचीकृत गरियो ।
Image
सन २०१२ मा त्यहा रहेका कम्पनीले १६ अर्ब डलर मुनाफा कमायको थियो । उक्त मुनाफा मध्य ८० प्रतिशत हुआझी गाउँकै भागमा परेको थियो  । यस गाउँमा बस्ने ५० बर्ष पुगेका महिलाहरु र ५५ बर्ष पुगेका पुरुषलाई पेन्सनका साथै घर ,गाडी र नियमित खानका लागि चामल ,दाल ,तरकारी लगायतका सामान दिने गरिन्छ  ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.