नेपाल
आयल निगमको ट्यांकरबाट अवैध रूपमा तेल बिक्री गर्न खोजेको भन्दै प्रहरीले ९
हजार लिटर डिजेलसहित एउटा ट्यांकर नियन्त्रणमा लिएको छ ।
आयल
निगम र अमलेखगन्जस्थित मुख्य इन्धन डिपोका कर्मचारीको मिलोमतोमा डिजेल
बिक्री गर्न खोजेको सूचनापछि प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको हो ।
लमजुङस्थित मिदिम खोला जलविद्युत् आयोजनालाई आवश्यक पर्ने डिजेल निगमबाट
निकासा गराई बिल, चलानी र आधिकारिक पत्रबिनै तेल ल्याएको पाइएको छ ।
प्रहरीका अनुसार यसरी तेल बोकेको ट्यांकरलाई सूचनाका आधारमा प्रहरीले
थाँक्रे ३ महादेवबेंसी १० किलोस्थित रक्तकाली रोडा तथा ढुंगा उद्योगबाट
बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो ।
' नेपाल आयल निगमको बा१ख ६५५० नम्बरको ट्यांकरले महादेवबेंसी वरपरकै फ्युल सेन्टरहरूसँग ९ हजार लिटर डिजेलको मोलमोलाइ गरिरहेको सूचनापछि नियन्त्रणमा लिएका हौं,' प्रहरी नायब उपरीक्षक सविन प्रधानले भने । ट्यांकरका चालक फरार छन् । ट्यांकरमा भेटिएका कागजातका आधारमा मकवानपुर पालुङ ३ का चालक जीवनकुमार लामा फरार भए पनि टेलिफोन सम्पर्कमा रहेको खानीखोला प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले बताए । उक्त इन्धन भर्न धोबीघाटस्थित युनियन हाइड्रोपावर प्राइभेट लिमिटेडका अध्यक्ष किरण मल्लले गत कात्तिक ७ मा निगमलाई पत्राचार गरेका थिए । निगमबाट थानकोट डिपोलाई कात्तिक ८ मा आवश्यक कारबाही गर्न तोक लगाएको पनि खुलेको छ ।
भारतीय नाकाबन्दीपछि इन्धन आपूर्ति सहज गर्न नियमित इन्धन बेच्ने पम्पहरूलाई स्थानीय प्रशासनले ३ देखि ६ हजार लिटरसम्म मात्रै खरिद बिक्री गर्नर्े सिफारिस गर्ने गरेको छ । इन्धन वितरण गर्दा प्रहरी निगरानीमा मात्रै गर्ने प्रावधान रहे पनि एउटै कम्पनीलाई लमजुङ लैजान तोक लगाएर बिल र चलानीबिना ९ हजार लिटर इन्धन दिएर नेपाल आयल निगमकै ट्यांकरमा राजधानीतिर पठाउनु र ट्यांकरले एकमुष्ठ बेच्न ग्राहक खोज्नु आफैंमा रहस्यपूर्ण छ, छानबिन सुरु गरेको प्रनाउ प्रधानले बताए । खानीखोलाका प्रहरीको सम्पर्कमा आएका चितवन ज्यामिरेस्थित हेटौंडा आयल वितरकका प्रकाशराज खडकालाई प्रनाउ प्रधानले खरिद बिल र चलानी देखाउन अनुरोध गरेका थिए । तर, खडकाले त्यो देखाउन सकेका छ्रैनन् ।
केरुङको पेट्रोल गल्छीदेखि नौबिसेसम्म
भारतीय नाकाबन्दीपछि चीनले केरुङ हुँदै पठाएको अनुदानको पेट्रोल ट्यांकर चालकहरूले बाटैमा बेेचेको खुलेको छ । अनुदानको इन्धन नेपाल भित्रिने नाका रसुवागढी, नुवाकोट र धादिङको गल्छी हुँदै राजधानी प्रवेश गर्ने नाकाहरूमा ट्यांकर चालकहरूले अनुदानकै इन्धन बेचेको स्रोतले बतायो । पहिलेका खेपहरूमा प्रहरी एस्कर्टिङ भएकाले बेच्न नपाए पनि तिहारअघि आएका अन्तिम खेपका ट्यांकरचालकहरूले गल्छीदेखि नौबिसे सम्मका चिया पसलहरूमा समेत बेचेको फेला परेको छ । हाल उक्त अनुदानको पेट्रोल ३ सय ५० रुपैयाँ प्रतिलिटर बेचबिखन भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...