-->
ट्याक्सीमा आगजनी, माइक्रो तोडफोड, साझा बसमा ढुंगा
Advertisement

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वमा रहेको माअ‍ेवादीले आयोजना गरेको नेपाल बन्दको दिन बिहीबार राजधानीको तीनकुनेमा बा १ च ८२०६ नम्बरको ट्याक्सीमा आगजनी भएको छ ।
त्यसैगरी, मनमैजुमा बन्दकर्ताहरुले एउटा माइक्रोबस तोडफोड गरेका छन् ।
यसैगरी, बन्दकर्ताहरुले आज बिहान काठमाडौंको त्रिपुरेश्वरमा साझा यातायातको बसमाथि ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट घाइते भएका बस चालकको उपचार भइरहेको छ । ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीयले नियन्त्रणमा लिएको छ ।
आज काठमाडौंका विभिन्न स्थानबाट ३० बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, ललितपुरबाट ११ बन्दकर्ता पक्राउ परेका छन् ।
राजधानीमा माओवादीका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् । अहिले सडकमा फाट्टफुट्ट माइक्रो बस चल्न थालेका छन् । नीति दुई पांग्रे सवारी केही मात्रामा चलेपनि सार्वजानिक यातायात चलेका छैनन । अहिले सडकमा बन्दकर्ताहरु नदेखिएको र अवस्था समान्य बन्दै गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
यसैगरी, पाेखरामा प्रहरीले ९ जना बन्दकर्तालाई नियन्त्रणमा लिएकाे हाम्रा संवाददाता लालप्रसाद शर्माले जानकारी दिएका छन् ।
सर्लाहीमा बन्द गर्न खोज्ने २० पक्राउ
सर्लाहीमा पूर्व पश्चिम राजमार्ग बन्द गर्ने प्रयास गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका २० कार्यकर्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एकजनालाई खुकुरी सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।
बन्द आब्हानका कारण राजमार्गमा सवारी भनै निकै कम गुडेको छ



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.