-->
भूकम्प पीडितले अनुदान पाउन थाले
Advertisement

भूकम्प पीडितले अनुदान पाउन थाले

गोरखा, बर्खाअघि नै घर बनाउनका लागि सरकारले पठाएको अनुदान रकम गोरखाको हंशपुर गाविसका लाभग्राहीले पाएका छन् । अनुदान रकम पाउनयोग्य ७१० जना भूकम्पपीडित लाभग्राही लाई राष्ट्रिय वाणिज्य बैंक भच्चेकमार्फत रु ५० हजारका दरले धमाधम अनुदान रकम खातामा पठाएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका कर्मचारी गुणराज भट्टराईले बताउनुभयो । लाभग्राहीको खातामा बिहीबार रकम पठाएको भन्दै उहाँले सो रकम झिकेर घर पुनःनिर्माणको काम सुरु गर्न भूकम्पपीडितलाई आग्रह गर्नुभएको छ ।
pidit
हंशपुरमा गत चैतमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरेपछि लाभग्राही र गाविस सचिवबीच अनुदानका लागि सम्झौता भएको थियो । गोरखा पुनःनिर्माणको काम हंशपुर गाविसबाट सुरु भएको हो ।
हंशपुर–४ काफलडाँडाका झननाथ अधिकारीले आफ्नो खातामा आएको अनुदान रकम झिकेको बताउँदै अब घर निर्माणको काम सुरु गर्ने बताउनुभयो । “भूकम्पले नभत्कनेगरी घर बनाउने हो”, उहाँले भन्नुभयो – “किस्ताबन्दीमा रकम दिँदा समस्या हुने भो ।” रु दुई लाखले घर निर्माण गर्न नसकिने भन्दै उहाँले निर्माण सामग्रीको ढुवानीका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
लाभग्राहीलाई अनुदान वितरण गर्न राष्ट्रिय वाणिज्य बैंक भच्चेकमा रु तीन करोड ८२ लाख ५० हजार पठाइएको थियो । लाभग्राहीसँग सम्झौता गरिएका बारपाक, सौरपानी, गुम्दा, मुच्चोक गाविसमा भने बैंकको पहुँच नभएकाले अनुदान रकम वितरण गर्न नसकिएको हो । रासस

 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.