-->
मास्ट्रर्स डिग्री गरेका नेपाली कलाकारहरु
Advertisement

कलाकारिता यस्तो क्षेत्र हो,जहाँ कला र गला दुवै चीज चाहिन्छ । नेपाली कलाकारिता क्षेत्रमा पढेर भन्दा परेर ज्ञान हासिल गर्नेहरुको संख्या वढि छ ।

यद्यपि यस्ता कलाकर्मीहरु पनि नभएका होइनन जस्का हातमा स्नातकोत्तरको शैक्षिक उपाधी हासिल गरेका छन । यस्ता कलाकर्मीहरुको संख्या दर्जनको हाराहारीमा रहेको पाइन्छ ।यो शनिवारिय विशेष प्रस्तुतिमा हामी यिनै कलाकर्मीहरुको विषयमा प्रस्तुत गर्न गइरहेका छौं ।

केहि कलाकारहरु यस्ता छन् जो पढाईमा पनि अब्बल छन् र कलाकारितामा पनि । अध्ययनमा डिग्री हासील गरेका केहि कलाकारहरुले कालाकातिामा पनि डिग्री सरह सफलता हासील गरेका छन् ।

राजेश हमाल
अभिनेता राजेश हमाल नेपालका धेरै पढ्ने सेलिब्रेटी मध्ये एक हुन् । उनले पंजाबस्थित चण्डीगढ क्याम्पसबाट अंग्रेजीमा डिग्री हासील गरे । सयौँ फिल्ममा अभिनेय गरेका राजेशले फिल्म युगदेखि युगसम्मबाट अभिनय यात्रा सुरु गरेका थिए ।


प्रमोद खरेल
म बिना कसै कसैलाई मुश्कील छ पोखरामा यहि गीत थियो जसले प्रमोद खरेललाई रातारात स्टार बनाएको थियो । यो गीतपछि प्रमोदले कहिल्यै पनि पछि फर्केर हेर्नु परेन । आधुनिक ,पप र पाश्र्व गायनमा जमेका प्रमोद पढाईमा सानैदेखी अब्बल थिए । बाल्यकाल देखी नै उनको दिमाग निकै तेज थियो । प्रमोदले बिज्ञान बिषयमा मास्टर गरेका छन् । गीतसंगितमा लाग्नुभन्दा पहिले उनी बिज्ञान बिषयका प्राध्यापक थिए । हाल भने उनी पूर्णरुपमा गीतसंगितमा लागेका छन् ।

संदिप क्षत्री
हास्य कलाकार संदिप क्षत्रीले टेलिभिजनको पर्दाबाट सबैलाई हँसाएका छन् । उनको कार्यक्रम ह्वाट् द फ्लप निकै चर्चित छ । यहि कार्यक्रमको मिठाईलाल चरित्र उनको सबैले मन पराएको चरित्र हो । संदिप कमेडीमा त अब्बल छन् नै यसका साथै उनी अध्ययनमा पनि अरुभन्दा अघि नै छन् । उनले कमर्समा डिग्री हासील गरेका छन् ।

राजा राजेन्द्र पोख्रेल
टेलिभिजनको पर्दामा खासै नदेखीएपनि राजा राजेन्द्र स्टेजका कमेडी किंग बनीसकेका छन् । उनी लगातार एकपछि अर्को स्टेज कार्यक्रममा दर्शक हँसाउनमा ब्यस्त छन् । यसका साथै उनी रेडीयो मार्फत पनि सबैलाई हँसाउने गर्छन् । एउटा दक्ष कलाकार हुनको लागि कला सँगै पढाईको आवश्यकता हुन्छ भन्ने कुरालाई उनले प्रमाणित गरिदिएका छन् । राजाले अंग्रेजी बिषयमा मास्टर डिग्री गरेका छन् ।

शिरिष देवकोटा
लोक गीतसंगितमा रोईला गायकको रुपमा परिचित गायक शिरिष देवकोटाले पनि बजार व्यवस्थापन बिषयमा मास्टर गरेका छन् । पढाईमा डिग्री हासील गरेपनि उनी पूर्णरुपमा गायनमा नै केन्द्रीत छन् । उनले गाएको ,मत आउने थिन, आयो है आयो साईला दाई , नजरैको भर लगायतका गीतहरु चर्चामा छन् ।

पशुपति शर्मा
पशुपति शर्मालाई उनका बुवाले डक्टर बनाउने सपना देखेका थिए । तर उनले गायन पेशा रोजे । गायनमा लागेपनि बुवाको लागि, एउटा डक्टर बनेको छोराले दिने खुसी र सफल गायक बनेको छोराले दिएको खुसीमा कुनै फरक छैन । गीत लेखन र गायनमा खप्पीस पशुपति पढाईमा पनि खप्पीस नै छन् । उनले समाज शास्त्रमा मास्टर गरेका छन् । लोकगीतसंगितमा लागिसकेपछि नेपालीको ज्ञान धेरै बनाउनु पर्यो भन्ने सोचेर उनले फेरि नेपाली बिषयमा पनि मास्टर गर्ने तयारी गरिरहेका छन् ।

प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्कीलाई अभिनयका आधारमा धेरैले अब्बल अभिनेत्रीको रुपमा लिने गरेका छन् । अभिनयमा मात्रै नभयर प्रियंका अध्ययनमा पनि अघि छन् । उनले फिल्म निर्माणमा अमेरिकाबाट डिग्री हासील गरेकी छिन् । नेपाली फिल्म क्षेत्रमा उनी पढेकी र प्रतिभाशाली अभिनेत्रीमा गनिन्छीन् ।

केकी अधिकारी
२५ बर्षीय अभिनेत्री केकी अधिकारीले सानै उमेरमा अध्ययन सकाएकी हुन् । उनले कमर्समा मास्टर ड्रिगी गरेकी छिन् । करियरको सुरुवात मोडलिङबाट गरेकी उनले म्युजिक भिडीयोमा राज गरेपछि फिल्म आई एम सरी मार्फत अभिनयमा प्रवेश गरेकी थिईन् । केकी अध्ययन र करियरमा दुवैमा सफल अभिनेत्री हुन् ।
- एस काठमाण्डौ/फर्सि नेटवर्कको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.