-->
मिठो निन्द्राको लागि केराको चियाको फाईदा र बनाउने तरिका
Advertisement

डिसीनेपाल डटकम – सामान्यतः सहज रुपमा पाईने फलफूलमा केरा प्रमुख हो । गाउँघरको कुना कन्दरा देखि शहरसम्म पाईने केरा लस्सीको रुपमा प्रयोग गरिने गरिन्छ ।
धेरै जसोले मन पराउने फल केराको सेवन हामीले बुझेर वा नबुझेर दैनिक रुपमा गरिराखेका हुन्छौँ । विभिन्न फाईदा मध्ये केराको विरलै थाहा पाएको फाईदाको बारेमा आज डिसीनेपाल प्रस्तुत गर्न गईरहेको छ ।
अचम्म लाग्न सक्छ केराको चिया खानुहोस् भन्दा तर यसको अद्भुत फाईदा आज हामी तपाईलाई बताउनेछौँ ।
मिठो र आनन्दको निन्द्राको लागि केराको चिया पिउने गर्नुहोस् । यसो गर्नाले तपाईको अनिन्द्रा भाग्छ । तपाई राती निदाउन नसकेर छटपटिने गर्नुहुन्छ भने केराको चिया पिउनु निकै लाभदायक मानिन्छ ।
चलनचल्ती अनुसार धेरै मानिसले स्लिपिङ ट्याबलेटको सेवन गर्ने गर्छन् । जसले झुम्म बनाउने, पेट दुख्ने, कब्जियत हुने जस्ता समस्या समेत देखा पर्छ । त्यसैले स्लिपिङ ट्याबलेटलाई आजै देखि बन्द गरेर सुत्ने बेला केराको चिया पिउने गर्नुहोस् ।
केरामा पोटाशियमको मात्रा भरपूर रुपमा पाईन्छ । यसको साथै केरालाई म्याग्नेशियम तत्वको भण्डारको रुपमा लिईन्छ । यो दुई तत्वले तनावलाई भगाउने काम गर्दछ ।
केराको चिया बनाउने तरिका
यो चिया बनाउन जम्मा १० मिनेट भए पुग्छ । एक कप पानीमा दालचिनी मिसाएर उमाल्ने । एक कोसा केरालाई उम्लिँदै गरेको पानीमा राख्ने । केरा राखिसकेपछि अब १० मिनेट फेरि उमाल्नुहोस् र छानेर पिउनुहोस् । यसो गर्नाले तपाईको अनिन्द्राको समस्या समाधान हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.