उमेर ढल्कनु वा बृद्ध हुनु प्रकृतिको नियम हो । तर प्राय मानिस बृद्ध हुने बेलासम्म पनि जवान देखिन चाहन्छन् । आफ्नो युवा अवस्थालाई सदैब कायम राख्ने प्राय मानिसको चाहना हुन्छ ।
तर यो कसरी सम्भव छ त ? यो तपाईंको आनीबानीमा पनि भर पर्छ । तर तपाईले दैनिक जे गर्नुभएको छ त्यसले तपाईलाई वास्तविक उमेर भन्दा बढी बुढो बनाइरहेको वा देखाइरहेको छ । निम्न ९ गल्ती त्यागेर आफ्नो उमेरसँगै बाँच्ने प्रयास गर्नुहोस ।
तातो वा न्यानो पानीमा चिसो पानीमा भन्दा बढी मात्रामा लिड हुन्छ । शरिरमा १५ प्रतिशत लिड वा अत्यधिक लिडको एक्सपोजरले स्मरण शक्ति हराउँछ ।
शक्तिबद्र्धक पेय पदार्थ पिउँदा अन्य पेय पदार्थले भन्दा ८ गुणा बढी दाँतको इनामेल बिगारिदिन्छ । इनामेल मुनि हड्डी भन्दा बलियो डेन्टिन नाम गरेको पत्र हुन्छ । तपाईको दाँतको बनौट डेन्टिनले बनेको हुन्छ । तत्काल शक्ति दिने पेय पदार्थ पिउदा दाँत बिग्रेर जवानीमा नै बुढो देखिनुहुन्छ ।
दाँतले एकातिर सुन्दर देखाउँछ भने अर्कातिर शरीरलाई आवश्यक कुरा चपाउन मद्धत गर्छ । दाँत बिग्रिएपछि चपाउन नमिल्ने हुनाले कतिपय खाना खान सकिदैन । जसले चाँडै बुढो बताउन सघाउँछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...