बिगुल संवाददाता, काठमाडौँ । आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ ।
यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ । यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । समुन्द्रशास्त्रको मान्यताअनुसार यदि तपाईको कान छोटो छ भने निकै बुद्धीमानि हुने कुरा उल्लेख गरिएको छ । जुन मानिसहरु जन्मंदा नै कान लामो भएर जन्मेको छ त्यस्तो मानिसको आयु लामो हुने समुन्द्रशास्त्रमा उल्लेख गरेको पाईन्छ ।
यसरी लामो कान हुने मानिसहरु जिवनमा निकै संघर्ष गर्नुपर्ने र कान चेप्टा भएका मानिस निकै भोगबिलास गर्ने प्रकृतीका हुने कुरा उल्लेख गरिएको छ । यसैगरी कानमा लामा रौँ मानिसहरु पनि हेर्दा सजिलै अरुको मनमा बस्न नसकेपनी उनिहरु दिर्घआयु हुने कुरा को दाबि समुन्द्रशास्त्र ले गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...