'मेरो स्टाफ अरुण ठाकुरलाई घरवेटी कल्पना ढुंगानाले समय नै नदिई निस्केर जा भनेपछि म कुरा बुझन् गएको थिएँ,' घाइते ठाकुरले नागरिकसँग भनिन्, 'तँ को होस् भनेर तथानाम मुख छाड्दै मलाई बियर बोत्तलले टाउकोमा हानिन्, सिसाले प्रहार गरिन्।' उनका अनुसार आफ्नो स्टाफको समान निकालेर हुत्याई दिएको खबर पाएपछि कुराकानी गर्न जाँदा घरबेटी ढुंगानाले एक्कासी बियरको बोत्तल र सिसाले प्रहार गरेकी थिइन्। घरवेटी ढुंगानाको उक्त प्रहारपछि पूर्व सभासद् ठाकुरको टाउको, हात र खुट्टामा चोट लागेको छ। नजिकै रहेको बिनायक अस्पतालले गम्भिर चोट भएको भन्दै भर्ना लिन अस्विकार गरेपछि पूर्व सभासद् ठाकुरलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ। उनी गत आइतबारदेखि सोही अस्पतालमा उपचाररत छिन्। पूर्व सभासद् ठाकुरमाथि प्रहार गर्ने घरवेटी ढुंगानालार्इ तत्काल पक्राउ गरी नयाँ बसपार्कमा थुने पनि हाल महाराजगञ्ज वृतमा राखिएको छ।
उनका अनुसार उक्त घरवेटीले साँझ ६ बजेतिर निस्केर जाँ भनेपछि बिबाद भएको थियो। सभासद् ठाकुरका स्टाफ अरुण पछिल्लो तीन वर्षदेखि उक्त घरमा बस्दै आएका थिए। घरवेटी ढुंगानाले स्टाफ ठाकुरकी श्रीमतीमाथि पनि हातपात गरेकी उनकाे अाराेप छ। महोत्तरी घर भएकी ठाकुर सभासद् हुनुअघि जिल्लामा कपाल काट्ने काम गर्दै राजनीतिमा पनि संलग्न रहेकी थिइन्।
मधेसी महिला समुदायमा चेतना बढाउ निकै योगदान गरेको भन्दै नेकपा संयुक्तले पहिलो संविधानसभामा प्रतिनिधित्व गराएको थियो। कार्याकाल सकिए पछि पुनः सैलुन र ब्युटीपार्लर चलाएर बस्ने योजना सुनाउँदै आएकी सांसद ठाकुर अहिले पनि बसपार्कमा सोही पेशामा संलग्न छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...