-->
बिप्लव माओबादीका कार्यकर्ताले विहानै कोटेश्वरमा ट्याक्सीमा आगो लगाईदिए
Advertisement

काठमाडौं, २७ जेठ – नेत्र बिक्रम चन्द नेतृत्वकाृे नेकपा माओबादीले आह्वान गरेको बन्दको आज बिहानबाट उपत्यका सहित देशैभर प्रभाव परेको छ । माओवादीले गरेको बन्दका कारण लामो तथा छोटो दुरीमा भाडाका गाडी कम चलेका छन्। निजी गाडी भने नियमित रुपमा चलेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले बन्द गराउँदै हिड्ने माओबबादी कार्यकर्तहरुलाई बिभिन्न ठाउबाट नियन्त्रणमा लिएको छ । प्रहरीले सुरक्षा ब्यवस्था र निगरानी बढाएको जनाएको छ ।
माओबादी आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यत्रर्ताहरुको निशर्त रिहाईको माग गर्दै नेपाल बन्दको आह्वान गरेका हो । चोकचोकमामाओबादी कार्यकर्ताहरुको बालो उपस्थिति रहेको छ ।
कोटेश्वरमा ट्याक्सी जलाए
बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन्।बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला पेट्रोल खन्याएर आगजनी गरेको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिनुभयो । आगो लाग्न थालेपछि चालकले भाग्न सफल भएको उहाँले बताउनुभयो। आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ। चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.