-->
आजको राशिफल – वि.सं. २०७३ साल जेठ २७ गते। बिहीबार। इश्वी सन् २०१६ जुन ९ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष।
Advertisement

आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ २७ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ जुन ९ तारिख
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। मनग्य धन आर्जन हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। मेहनत गर्दा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।


बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।


धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
– नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएको ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.