-->
सडकका कुना-कुनामा सोलार बत्ती जडान गरि झिलीमिली बनाईने काम तीब्र पारिने :
Advertisement

नेपालगन्ज, २६ जेठ । विकास निर्माणको कामलाई तीव्रता दिएको नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सुर्खेत सडकखण्डमा सौर्य बत्ती जडान कार्य सुरु गरेको छ ।
सो सडकखण्डको गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म सौर्य सडक बत्ती जडान गर्न लागिएको इन्जिनियर सुरजकुमार गुप्ताले जानकारी दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डको रु ६० लाख र नगरपालिकाको रु १५ लाख गरी रु ७५ लाखको लागतमा यही असार मसान्तभित्र काम सक्ने गरी ७० वटा खम्बामा सौर्य बत्ती जडान गर्न लागिएको हो । सडक बत्तीमा वार्षिक सरदर रु चार लाख खर्च गर्दै आएको नगरपालिकालाई सौर्य बत्ती जडानपछि सो आर्थिक भार नपर्ने र विद्युत् प्राधिकरणको विद्युत् भार घटने अपेक्षा गरिएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.