-->
दीपकराज गिरी र दिपा यस्तो घोषणा गरेर कहाँ जाँदैछन्
Advertisement

शुक्रबार, २८ जेठ
काठमाडौं । दीपकराज गिरीले पछिल्लो पटक एउटा घोषणा गरे, ‘अब पाँच वर्ष टेलिभिजनको पर्दामा नदेखिने ।’
त्यसो त ठूलो पर्दाका लागि एकपछि अर्को सुपरहिट चलचित्र निर्माण गरेर नाफा बटुलिरहेका बखत पारिश्रमिकका लागि पनि झुलाउने सानो पर्दातर्फ मोह भंग हुनु स्वभाविक पनि हो ।
यसैले पनि उनले चर्चित हास्यशृंखला ‘तीतो सत्य’ बन्द गरे । बन्द गरिनुअघि तीतो सत्यका पछिल्लो एपिसोडहरुमा दीपक छायाँमै बसे । चलचित्रमा भने उनी नायककै रुपमा देखा परिएका छन् ।
दीपक अहिले सहकर्मी दीपाश्री निरौलालाई निर्देशनको बागडोर दिएर चलचित्र छक्का पन्जा बनाइरहेका छन् । दीपाश्री पनि यतिबेला टेलिभिजनबाट टाढै छन् ।
छोटो सयमको लागि यी दुई टेलिभिजनबाट टाढिनु राम्रै होला तर लामो समयसम्म सानोपर्दामा नदेखिँदा उनीहरुलाई नै हानी हुने पो हो कि ? जे भएपनि दीपक र दीपालाई चिनाएको सानो पर्दाले नै हो । कान्तिपुर साप्ताहिकबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.