-->
गाई काटेको आरोपमा विक पक्राउ
Advertisement

वालिङ, स्याङ्जाको भिरकोट नगरपालिका–१० गगनडाँडामा गौहत्याको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत सोमबार पाल्नका लागि भनेर लगेको गाईलाई बन्चरो प्रहार गरी हत्या गर्ने भिरकोट नगरपालिका–१० बस्ने वर्ष ५६ का पदमबहादुर विकलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरी सार्वजनिक गरेको हो ।
विकले भिरकोट नगरपालिका–२ बस्ने केशव कोइरालाको घरमा रहेको अन्दाजी पाँच वर्षको खैरो रङ्गको गाई पाल्न लैजाने भनी नगद रु ५०० र गाईका लागि चाहिने केही खाद्यान्न लिएको बुझिएको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताउनुभयो ।
गाईको परीक्षण गरी पुरिएको र निज पदमबहादुर विकलाई जिल्ला अदालत स्याङ्जाबाट छ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
मुलुकी ऐन चौपायाको महलको दफा ११ मा जानी जानी गाई गोरु मार्नेलाई १२ वर्ष र मार्नका लागि वचन दिनेलाई छ वर्षको कैद सजायको व्यवस्था रहेको छ । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.