-->
दाद, डण्डीफोर,मुख गन्हाउने ज्वरो रुघा खोकि को एउटै अचुक उपाए
Advertisement

सामान्यतया अचार खान बाहेक यसको अरु कुनै उपयोग हामी त्यति गर्दैनौं । तर पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै भन्दा धेरै फाइदा गर्दछ । (पतेना) पुदिनाको प्रयोगबाट हुने कही फाइदाहरुः

मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।

रुघा ज्वरो र खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।
पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।

मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ ।

गिजालाई पनी यो विधिले बलियो पार्दछ
रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।
दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्याउछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.