-->
तामाको भाँडामा पानी खाँदा फाइदै फाइदा
Advertisement

मानिसलाई स्वस्थ रहनका लागि दैनिक कम्तिमा पनि ७/८ गिलास पानी खानै पर्छ । सबैभन्दा धेरै रोग पानीकै कारण निम्तिन्छन् भने धेरै रोगबाट बच्ने औषधि पनि पानी नै हो । परपूर्वकाल देखि घरेलु भंडाकुँडाको रूपमा प्रयोग गरीदै आईएको तमाका भाड़ाहरु उपयोग गर्दा स्वस्थ्य मा राम्रो असरपर्ने तथ्य त सुन्दै आएका थियौ तर यो परंपरागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउदै गएको छ। तामाको भाँडोमा राखिएको पानी पिउनाले शरिरको कयौ रोगहरू बिना औषधी नै ठिक हुन्छ । यस्ता छन् तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा :
* छाला स्वस्थ र सुन्दर बनाउछ :
यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
* जोर्नी दुख्ने समस्या बाट छुट्कारा :
जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
* मुटुको सुरक्षा गर्छ :
ब्लड प्रेसरको स्तर सही राख्नुका साथै कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । हृदयाघातको खतराबाट बच्न तामाको भाँडामा राखिएको पानी पिउनु उत्तम मानिन्छ।
* पेट सम्बन्धि टोग बाट छुट्कारा :
पेट तथा उदर रोग मा पनि विशेष फाईदा पुग्दैछ। पेटका कृमी हरु नाश गर्दछ। अपच, अजीर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमां पनि बिशेष फायदा पुर्याउँछ।
* मुटुको रोगमा कमि :
तनावका कारण मानिसमा मुटुको समस्या निकै तिव्र रूपले बढ्दै गएको छ । तनावमा धेरै रहने मानिसले पनि तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरिरमा रक्तसञ्चार निकै सहज र सुचारू हुन्छ । यसले कोलस्टेरोललाई नियन्त्रित गर्छ र मुटुको रोगलाई कम गर्न मद्धत गर्छ ।
* थाइराइडको रोगको नियन्त्रण :
थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
____________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.