-->
ओखरका फाइदाहरु थाहा पाउनु होस |
Advertisement

ा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा मिठार्इं, फलफूल, काजु, पेस्ता, बदाम, अन्जिर, ओखरजस्ता मसला दिन्छन् । तिहारमा दाजुभाइलाई प्रेमपूर्वक प्रदान गरिने मसलाहरू स्वास्थ्यका दृष्टिले निकै फाइदाजक हुन्छन् ।
ओखर
ओखरमा पर्याप्त मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।
ओखरमा भिटामिन ई पाइने भएकाले यसले छालालाई सुरक्षा प्रदान गर्छ भने बढ्दो उमेरमा हुने चाउरीपनबाट पनि राहत दिन्छ । ओखरको प्रयोगले अनावश्यक वजन कम गर्न सकिन्छ । यो गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाइन्छ ।
ओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले गर्दा मानिसको दिमाग तेज हुन्छ । फ्याटको मात्रा कम हुने भएकाले ओखर वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ । मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.