-->
गुणकारी लौकाको फाइदाहरु
Advertisement

शरिरलाइ सधैं स्वास्थ्य बनाईराख्नका लागी हरियो साग सब्जिहरू निकै लाभकारी हुनेगर्दछ । रोगहरूसंग लडनका लागी शरिरलाइ यस्ता कुराहरूमा निकै प्रतिरोधक क्षमता हुने गर्दछ । हरियो सब्जिहरूमा यदि लौकाको कुरा गर्ने हो भने यसको बोक्रा तथा रस निकै लाभकारी हुन्छ । कार्बोहाइड्रेट भएका कारण यो सजिलै पच्दछ ।
लौकाको जुस र तरकारी मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ ।लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । पिसाबसम्बन्धी समस्या , उच्च रक्तचाप,मानसिक तनाव, पाइल्स, जण्डिस र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।
मुटुको रोग :-
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०-२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।
पिलो :-
पिलो भएको व्यक्तिले दैनिक १५-३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २-३ पटक पिउनाले फाइदा गर्दछ ।
मुत्र नलीको जलन :-
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ ।
अनिन्द्रा :-
लौकाको रसमा थोरै तिलको तेल मिलाउने । सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने । केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ ।
रक्तश्राप :-
रक्तश्रापमा पनि लौका लाभदायक छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट िबााध्ने । यसले बगेको रगत रोकिन्छ । यसका साथै लौकाको रस पनि पिउने ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.