-->
अमेरिका हिँडेका २० नेपाली विद्यार्थी सेन्ट लुसियामा दलालविरुद्ध मुद्दा लड्दै
Advertisement

काठमाडौं— आकर्षक रोजगारी, गजबको जीवनशैलीको सपना देखाएर स्थल र जलमार्गबाट अमेरिका पुर्‍याउने भनी सामुन्द्रिक टापु सेन्ट लुसियामा अलपत्र पार्ने दलालविरुद्ध नेपाली विद्यार्थी कानुनी लडाइँ लडिरहेका छन्।
उनीहरुले आफूलाई अलपत्र पार्ने दलालविरुद्धको मुद्दामा न्याय दिलाउन त्यहाँका प्रधानमन्त्री एलेन कास्टानेट समक्ष आग्रह गरेका छन्।
स्थानीय मिडिया सेन्ट लुसिया टाइम्ससँग कुरा गर्दै विकास भुर्तेलले त्यहाँ अलपत्र रहेका सबै विद्यार्थीको तर्फबाट नवनिर्वाचित प्रधानमन्त्री कास्टानेटलाई बधाई दिन चाहेको उल्लेख गरेका छन्। 'प्रधानमन्त्री हुनुभन्दा पहिले राजनीतिज्ञ एवं व्यापारी एलेन नेपालीका समस्या बुझ्न आएका थिए', विकासले भनेका छन्, 'पीडितमध्ये करिब २० जना अहलिे ला क्लारेको हिलसाइड प्ला गेस्टमा बसोबास गरिरहेका छन्।'

उनीहरु सबैलाई दलालले अमेरिका लैजाने भनेर अलपत्र पारेकाहरु हुन्। केही नेपाल फर्किएको विकासले जानकारी दिए। विकास आफैँ एक वर्षभन्दा बढी समयदेखि सेन्ट लुसियामै बसोबास गर्दै आएका छन्। 'नयाँ प्रधानमन्त्रीले हामीलाई न्याय दिलाउन सघाउनु हुनेछ भन्ने आशा गरेका छौं', उनले भने।

नेपाली विद्यार्थीलाई झुटो आश्वासन दिएर अमेरिका ल्याउने लम्वर्डस एकेडेमीका सिइओ इफ्तिकर शाम्स् र अन्य केही व्यक्तिविरुद्ध नेपाली विद्यार्थीले दायर गरेको मुद्दा विचाराधीन छ। हस्पिट्यालीटीमा डिग्री गर्न आफूहरुलाई ल्याइए पनि पैसा बुझाएको धेरैपछि मात्र ठगिएको विकासले सुनाए।

गृह मन्त्रालय र प्रहरी अधिकारीहरुले त्यहाँ रहेका बाँकी विद्यार्थीहरुलाई भेटेर सो घटनामा के भइरहेको छ सोधीखोजी गर्दै आएका थिए। पछिल्लो समय सुरक्षाकर्मी नेपाली विद्यार्थी भेट्न आएका छैनन्।

उनले आफूहरुसँग भिषा र पासपोर्ट नभएको र भएका केहीको पनि मिति सकिसकेको बताउँदै आफूहरुले धेरै रकम उधारो लिएको र हाल केही खर्च नभएकाले ततकल घर फर्कन गाह्रो भएको उल्लेख गरेका छन्। उनको पासपोर्ट स्थानीय अधिकारीले राखेका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.