-->
गर्मीमा घामबाट बच्ने १० घरेलु उपाय
Advertisement

गर्मी महिनामा छालामा बिभिन्न खाले समस्याहरु देखा पर्ने गर्छन् । बिशेष गरि अनुहारको छाला रुखो हुने , डढ्ने गर्छ । कतीलाई त गर्मीले एलर्जी हुने पनि गर्छ । घामबाट छालालाई जोगाउने १० घरेलु उपायहरु तल उल्लेख गरिएको छ ।
१. चिसो दुध कपासले अनुहारमा लगाउनले छालामा संक्रमण हुन पाउँदैन । यसमा भएको ल्याक्टीक एसिडले छालालाई नरम र सफा बनाउँछ ।
२. चीसो दही छालामा लगाउनाले यसको प्रोबायोटिक्स, क्याल्सीयम , प्रोटिन र जिंकले छालाको चमक बढाउने र छालाई नरम बनाउने काम गर्छ ।
३. खाने सोडाको पेस्ट बनाएर लगाउनुहोस् र नुहाउने गर्नुहोस् । यसले चिलाउने र पोल्ने कम हुन्छ । यसका साथै यसले छालाको रंग पनि निखार्छ ।
४. मह र कागती पानी मिसाएर छालामा लगाउनाले यसमा भएको एंटीबायोटिक गुणले छाला राम्रो हुन्छ । साथ साथै छालामा भएको जलन पनि कम हुन्छ र छालाको चमक बढाउँछ ।
५ .गुलाबजल चिसो पानीमा मिसाएर छालामा लगाउनाले रुखोपन र जलन हट्छ ।
६. घामले पोलेको वा ढडेको छालामा आईस क्यूब लगाउनाले आराम हुन्छ । यसले अनुहारको छाला कस्ने र चमक बढाउने काम गर्छ ।
७. काक्राको पेस्ट चिसो बनाएर छालामा लगाउनाले जलन शांत हुनुका साथै छाला नरम हुन्छ र चमक पनि बढ्छ ।
८.घिउकुमारीकोे जेल लगाउनाले छाला मोइश्चराइज हुन्छ । यसले लिडोकेन नामक एनेस्थेटिकको पीडा हटाउँछ।
९ .नरिबल र कपूर मिसाएर कपासले लगाउँने गर्नुहोस् । यसको सैचुरेटेड बोसो र फ्याटी एसिड छालाकोे उपचार गर्छ र छाला मोइश्चराइज गर्छ ।
१० .बेसार र चंदनको पेस्ट बनाएर लागाउनाले छालाको एंटीबायोटिक र नेचुरल ब्लीचिंग गुणले छालाको रंग राम्रो बनाउँछ । यसका साथै गर्मीले भएको जलन शांत हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.