-->
स्थानीयको विश्वास जितेर बालश्रम मुक्त घोषणा गर्न माग
Advertisement

स्थानीयको विश्वास जितेर बालश्रम मुक्त घोषणा गर्न माग

 स्थानीयवासीहरुले आफ्नो सक्रिय सहभागिता र विश्वास जितेर मात्र बालश्रम मुक्त वडा घोषणा गर्न माग गरेका छन् ।
नेपाल सरकारको सन २०१६ भित्र निकृष्ट अवस्थाको बालश्रम उन्मूलन गर्ने लक्ष्य अनुरुप नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको सहयोगमा बुधबार आयोजना गरेको हरियो झण्डा अभियान र सञ्चार क्षेत्र विषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।
bal asram
कार्यक्रममा सहभागी सम्बन्धित वडा नागरिक मञ्चका प्रतिनिधि, सामाजिक परिचालक, बाल संरक्षण समितिका पदाधिकारीहरु, पत्रकारहरुले हरियो झण्डा अभियान बारे सही सूचना प्रवाह, त्यसको वस्तुनिष्ठ अध्ययन, अभियानको हरेक चरणमा स्थानीयको बृहत र व्यापक सहभागितामा बालश्रम मुक्त वडा घोषणा गर्नुपर्ने धारणा अघि सारे ।
उपमहानगरपालिकाले वडा नं १३, १४, १६, १८ र २० वडामा हरियो झण्डा अभियान अन्र्तगत बालश्रम मुक्त घोषणा गर्न लागिएको हो । यस क्रममा आउँदो जेठ ३२ गते २० वडालाई बालश्रम मुक्त घोषणा गरेर अन्य वडाहरुमा बालश्रम मुक्त घोषणा गर्न तयारी उपमहानगरपालिकाले गरिरहेको छ ।
सो अवसरमा ललितपुर उपमहानगरपालिका कार्यकारी प्रमुख भरतमणी पाण्डेले बाल श्रम मुक्त वडा घोषणा पछि दीर्घकालीन रुपमा त्यसको निरन्तरताका लागि बालश्रम मुक्त भएको वडाका घरधनीहरुलाई परिचयपत्र दिने बताउनुभयो । कार्यकारी प्रमुख पाण्डले भन्नुभयो “भविष्यमा बालश्रम मुक्त भएको घरको परिचय पत्र बनाउने व्यवस्था गरी त्यसलाई स्थानीय निकायले प्रदान गर्ने सेवा सुविधामा सम्भावित सहुलियतसंग जोड्ने छौं । ”
उहाँले बालमैत्री स्थानीय शासनलाई टेवा पु¥याउने हिसाबले बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको उल्लेख गर्दै त्यसमा सबैको साथ र सहयोग रहने नीति अनुरुप उपमहानगरपालिकाले कामकारवाही अघि बढाइरहेको बताउनुभयो ।
आईएलओकी राष्ट्रिय निर्देशक विपना शर्माले बालश्रम राख्नेहरुलाई नैतिक रुपमा वहिष्कृत हुने सक्ने भावना जगाउन हरियो झण्डा अभियान विभिन्न नगरपालिकामा सञ्चालन भइरहेको जानकारी दिनुभयो । अभियानको शुरुआत दुइ वर्ष अघिनै ललितपुरको वडा नं २१ लाई बालश्रम मुक्त वडा घोषणाबाट भएको जनाउँदै निर्देशक थापाले निकृष्ट अवस्थाको बालश्रम उन्मूलन र बाल अधिकार सम्बन्धित राष्टिय तहको नीति निर्माण आइएलओको बहृत जिम्मेवारी रहेको र तीनको स्थानिय कार्यान्वयनमा आफ्नो सहयोगी भूमिका मार्फत अभियानको घोषित लक्ष्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
सिविसका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले बालश्रम मुक्त वडा बनाउन सञ्चारकर्मीहरुले समाजमा स्वस्थ बहस छलफल, पैरवी र जनतालाई सुसूचित गराएर अभियानलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै यसका नीतिगत पक्षबारे आफ्नो भनाई राख्नुभयो ।
सो अवसरमा शाखाका अध्यक्ष सुरज व्यञ्जनकारले अभियानलाई नगरको आवश्यकता अनुरुप कार्यान्वयन गर्न स्थानीयस्तरमा सञ्चार क्षेत्रले यसमा सचेतना जगाउने, खबरदारी गर्दै आएको भूमिका बारे केन्द्रीत गर्दै आफ्नो धारणा राख्नुभयो । शाखाका सचिव राजेश बज्रचार्यले सञ्चारकर्मीहरुले गरिबी र बालश्रमको दुष्चक्रबाट समाजलाई मुक्त बनाउन बालश्रम मुक्त वडा घोषणा अभियानलाई समाजको आवश्यकता र स्थानीय जनताको भावना बुझेर नै सफल गर्न सकिने बताउनुभयो ।

 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.