कतिपय मनिसहरुको आफ्नो गोप्य कुरा पनि अरुलाई सुनाउने बानि हुन्छ । तर केही कुरा यस्ता पनि हुन्छन् जसलाई जीवनभर गोप्य राख्दा नै राम्रो हुन्छ हुन्छ । त्येसैले यी सात कुराहरु लाइ सधै गोप्य राख्नुस ।
१. घरायसी झगडा- प्रायः घरमा झैझगडा भईरहन्छ, जुन स्वभाविक पनि हो । तर घरमा झगडा भएको कुरा घरबाहिरका कसैलाई पनि बताउनुहुन्न । यसको कारण भनेको यदि घरायसी झगडा अन्य मानिसले थाहा पाए भने परिवार तथा आफ्नो प्रतिष्ठा कम हुन्छ । साथै यस्तो कुरालाई अरुसँग बाँडेमा परिवार तथा आफ्नो अहित चाहने मानिसले फाइदा लिन सक्दछन् ।
२. दान- गोप्य दानको विशेष महत्व हुन्छ । जसले गोप्यरुपमा दान गर्दछन्, त्यस्ता व्यक्तिले पूण्य प्राप्त गर्दछन् । त्यस्ता व्यक्तिलाई दैवी शक्तिको विशेष निगाहा हुन्छ भन्ने आम विश्वास पनि रहेको छ । अरुलाई भनेर वा होहल्ला गरेर दान दिँदा कुनै पूण्य लाभ नहुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले आफूले गरेको दानबारे पनि कसैलाई भन्नेहुँदैन ।
३. अपमान- जीवनमा मानिसले कुनै कुनै मोडमा अपमान सहेको हुन्छ । तर आफूमाथि भएको अपमानबारे अरुलाई भन्नुहुँदैन । यस मामलालाई गोप्य राख्दा नै फाइदा हुन्छ । यसको कारण के हो भने तपाई अपमान भएको साथीभाइ वा इष्टमित्रले थाहा पाए भने मजाक उडाउँछन् ।
४. रतिक्रिया- महिला तथा पुरुषले यौन सम्पर्क राख्दा विशेष ध्यान दिनुपर्दछ । रतिक्रियामा संलग्न हुँदा एकान्त तथा गुप्त ठाउँ रोज्नुपर्दछ । यौन सम्पर्कसँग जोडिएको कुनैपनि कुरालाई गोप्य राख्नुपर्दछ । यदि अरुले यसबारे थाहा पाए भने यसले हाम्रो चरित्र तथा सामाजिक जीवनमा नकरात्मक असर पर्दछ ।
५. धन हानी- आजको वैश्य युगमा पैसा वा कुनै पनि खालको सम्पत्तिलाई शक्तिको प्रतिक मानिन्छ । अधिकांश परिस्थितिमा धनसम्पत्तिको आधारमा नै सम्बन्धलाई निरन्तरता दिन सकिन्छ भने मित्रता पनि यही आधारमा दीर्घ हुन्छ । सुन्दा तीतो लागेपनि यो आजको युगको मुख्य विशेषता हो । त्यसकारण कुनै कारणवश धन वा सम्पत्ति हानि नोक्सानी भएमा यस कुरालाई गोप्य राख्नुपर्दछ । यसबारे साथीभाइ, इष्टमित्र तथा आफन्तले थाहा पाए भने दूरी बढ्न सक्दछ । नोक्सान भएको पैसा वा सम्पत्तिलाई विस्थापित गर्न पैसा नै चाहिन्छ तर धन नभएको थाहा भएमा कसैले पनि सापटी दिँदैनन् । साथै यदि हामीसँग प्रशस्त सम्पत्ति भएमा पनि यसलाई पनि गोप्य नै राख्नुपर्दछ ।
६. पद प्रतिष्ठा- यदि हामी कुनै ठूलो पदमा आसीन छौं भने समाजमा हाम्रो निकै ठूलो मान, सम्मान तथा इज्जत हुन्छ वा प्रशंसा गरिन्छ । तर आफ्नो पद प्रतिष्ठाबारे पनि कसैलाई भन्नुहुँदैन । अन्य व्यक्तिका अगाडि यसबारे भन्दा हामीमा अहम तथा अहंकार पैदा हुन सक्दछ । हामी सबैलाई थाहा नै छ, अहम तथा अहंकारले हाम्रो मान, सम्मान तथा प्रतिष्ठालाई कम गर्दछ ।
७. मन्त्र- गुरुद्वारा दिइएको मन्त्रलाई गोप्य राख्नुपर्दछ । गुरुमन्त्र त्यतिबेलासम्म मात्रै सिद्ध हुन्छ जतिबेलासम्म यसलाई गोप्य राख्न सकिन्छ । मन्त्रलाई गोप्य राख्नाले शीघ्र शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...