-->
वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स, जुन हामीलाई उपयोगी छन्
Advertisement

१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ ।
– घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । –
पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ ।
– दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला । –
घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ । – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ । –
घरको उत्तर– पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ । – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् । – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।


३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.