-->
मनिषाको मृत्युको कारण के ? के भन्छ, पोस्टमार्टम रिपोर्ट
Advertisement

नेपाली फुटबलका स्टाईकर विलम घर्ती मगरकी बहिनी मनिषाको पास्टमार्टम रिपोर्ट आज आएको छ। यद्यपि पोस्टमार्टमको रिपोर्टबाट पनि उनको हत्या कि आत्महत्या भन्ने अझै प्रष्ट हुन नसकेको अवस्था छ । १७ वर्षीया मनिषाको जेठ १३ गते बिहिबार बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित उनकै घरमा मृत भेटिएकी हुन् । उनी घरमा एक्लै भएको बेला यो घटना भएको थियो । प्रहरीले बताए अनुसार घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने कुरा बताएको थियो। उनको शव त्रिवि शिक्षण अस्पतालमा महाराजजंगमा ल्याएर पोस्टमार्टम गरिएको थियो।
पोस्टमार्टम रिपोर्ट मंगलबार बिहान नै प्रहरीलाई बुझाइसकेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले बताउनु भयो। हामीले पोस्टमार्टम रिपोर्टको बारेमा भुझ्न खोज्दा वस्तीले घाँटी भएको (दवाब) प्रेसरको कारणले मृत्यु भएको देखिने पनि बताउनु भएको छ । उहाँका अनुसार मनिषाको गलामा सामान्य खालको चोट रहेको छ भने घाँटीमा लगभग २५ सेन्टिमिटरको डाम भएको अनि जसको आकार सलसँग मिल्दोजुल्दो पनि छ ।
हृयाङ्गिङ (आत्महत्या) बाट मृत्यु भएको रिपोर्ट बुझाएको र जसमा आफैं झुण्डिएको वा हत्या अथवा अरुले झुण्ड्याएको हो भन्ने कुरा चाहिँ भन्न नसकिने उहाँले बताउनुभयो ।
मनिषा घर्तिको हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले उनका प्रेमी भनिएका अशिष चौधरीलाई नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेको छ । उनले घटनाको दिन राति बीयर खाएर गएको अनि मनिषासँग आफ्नो झगडा परेको तर, आफुले हत्या नगरेको बयान दिएका छन् । उनले मनिषासंग झगडा भएपछि आफू बाहिर बरण्डामा आएर सुतेको र पछि भित्र गैर हेर्दा मनिषा पंखा झुण्डिएको देखेपछि सल खोलेका पनि बताएका छन् ।
त्यसबेलासम्म मनिषाको मृत्यु भइसकेकाले उनलाई त्यही छाडेर आफू उनको सल लिएर घर आशिषले बयानमा बताएका छन् । हिजो हुने भनिएको झूठ बोले नबोलेको पत्ता लगाउने पोलीग्राफ आशिषले टाउको दुखेको भनेपछी आज बिहान हुने बताईएको थियो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.