-->
मनिषा मृत्यु प्रकरणः रिसोर्टमा पाँच घण्टा लगाएर गरियो प्रेमी आशिषको पोलिग्राफ टेस्ट
Advertisement

परासी, १८ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका उनकै प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीको पोलिग्राफ जाँच गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आएको विशेषज्ञसहितको टोलीले मंगलबार (आज) पाँच घण्टा लगाएर पोलिग्राफ जाँच गरेको नवलपरासी प्रहरीले जनाएको छ ।
एकान्त र फ्रेस कोठा आवश्यक पर्ने भएपछि नवलपरासीको सुनवलस्थित लोटस रिसोर्टमा आशिषलाई पाँच घण्टा लगाएर जाँच गरिएको पोखराबाट आएको टोलीका प्रमुख एवं पोलिग्राफ विशेषज्ञ प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
विहान ८ बजे देखि सुरु गरिएको पोलिग्राफ जाँच कार्य दिउँसो १ बजे सकिएको थियो । परीक्षणको रिपोर्ट प्रहरी प्रधान कार्यालय काठमाडौ पठाईएको छ ।
परीक्षणको नतिजा काठमाडौंबाट भोली विहान सम्ममा सार्वजनिक हुने पाण्डेले बताउनुभयो । पोलिग्राफ परीक्षणबाट अभियुक्त झुटो बोले वा नबोलेको पत्ता लाग्ने गर्दछ ।
गत विहीबार विहान आफ्नै घरमा मृत्त अवस्था भेटिएकी मनिषाको हत्या वा आत्महत्या भन्ने एकिन भईसकेको छैन ।
उनको पोष्टमार्टमको रिर्पाेट शिक्षण अस्पतालले प्रहरीलाई बुझाएको छ तर सार्वजनिक गरिएको छैन् ।दैनिक नेपाल बात


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.