-->
पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु गर्ने सरकारको घोषणा, आफ्नै पानीजहाज पनि चलाउने –
Advertisement

काठमाडौं, १५ जेठ । सरकारले पुरै देशलाई जोड्नेगरी पूर्व पश्चिम रेलमार्गको निर्माण कार्य सुरु गर्ने घोषणा गरेको छ । व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी पूर्व पश्चिम रेलमार्गको निर्माण सुरु गरिने बताए । रेलमार्ग निर्माणका लागि बजेट छुट्याइएको र तत्कालै निर्माण कार्य सुरु गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । बजेट भाषणमा अर्थमन्त्री पौडेलले काठमाडौं–लुम्बनी रेलको अध्ययन सकेर २ वर्षमा निर्माण थाल्ने योजना पनि सुनाए । त्यसैगरी बर्दिया-सिमरा रेलमार्ग, बर्दिबास-काँकडभिट्टा, बुटवल-गड्डाचौकी रेलमार्गको विस्तृत प्रतिवेदन तयार गरिने सरकारले घोषणा गरेको छ । यसैगरी पारवाहन सन्धी अनुरुप आफ्नै पानीजाहजका सञ्चालनको लागि कानुनको तयारी गर्ने अर्थमन्त्री पौडेल उल्लेख गरे ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.